सारेगमपको फाइनल आज, भारतीय शो जित्लान् नेपालका आयुष र प्रीतमले ? | Khabarhub Khabarhub

सारेगमपको फाइनल आज, भारतीय शो जित्लान् नेपालका आयुष र प्रीतमले ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय टेलिभिजन च्यानल जी टीभीको एक रियालिटी शो मा दुई नेपाली बालक फाइनलमा पुगेका छन् ।

भारतीय टेलिभिजन जी टीभीको सङ्गीतको रियालिटी शो सारेगमप लिटल च्याम्प्स २०१९ प्रतियोगिताको फाइनलमा दुई नेपाली बालक आयुष र प्रीतम पुगेका छन् । उनीहरुसँग अन्य चार जना भारतीय फाइनमा पुगेका छन् । जसको अन्तिम परिणाम आइतबार(आज) सार्वजनिक हुँदैछ । नेपाली समय अनुसार आज राति ८ बजेर १५ मिनेटमा जी टिभीबाट उक्त कार्यक्रमको फिनाले हुनेछ ।

को हुन् आयुष र प्रीतम ?

फाइनलमा पुगेका आयुष सिन्धुपाल्चोकका हुन् । २०६३ साल साउन ८ गते जन्मिएका आयुस सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका १ ठोकर्पाका हुन् । उनको परिवार अहिले भक्तपुरको ठिमीमा अस्थायी बसोबास गरिरहेका छन् ।

उनले तीन बर्षको उमेरदेखि सङ्गीत सिक्दै गरेको उनका बाबु रामकृष्ण केसीले बताएको बीबीसीले उल्लेख गरेको छ । २०७३ सालमा उनी नेपालमै आयोजना गरिएको सुरशाला जुनियर आइडलमा विजेता बनेका थिए ।

आयुषका दिदीहरु पनि सङ्गीतमा दख्खल राख्ने भएकाले उनलाई सङ्गीतमा लाग्न प्रेरणा मिलेको रामकृष्णले बताएको बीबीसीले उल्लेख गरेको छ। उनले भने, “आयुषलाई दिदीहरुले पनि सङ्गीतमा लाग्न सहयोग गरे।“

बुबा रामकृष्णका अनुसार खाना अरुले खुवाइदिनुपर्ने उमेरमा पनि आयुषलाई गीत नसुनाइ खाना खुवाउन सकिँदैन थियो। जब उनी गीत सुन्न थाल्थे अनि खाना खान्थे।

पछि उनले साई बाबाको भजन गाउन थाले। अहिले उनी विद्यालयमा पनि सङ्गीत सिक्छन् भने छुट्टै सङ्गीतको शिक्षकको पनि व्यवस्था गरिएको बताइएको छ।

सङ्गीतकर्मीहरू राज सिग्देल, क्षितिज कुलुङ, अमृत क्षेत्री, हेमन्त शर्मा, जुना प्रसाईं लगायतको पनि उनले सामित्यता पाए। अहिले उनी मोर्डन बोर्डिङ स्कूल भक्तपुरमा कक्षा ७ मा पढ्दैछन्।

उनी मुम्बइबाट नेपाल फर्केपछि के गर्ने भन्ने योजना उनका सङ्गीतका गुरुहरुसँग सल्लाह गरेर तय गर्ने बुबा रामकृष्णले बताए। उनले भने, “आयुषले अझै धेरै सिक्नु छ। त्यसैले हामी सल्लाह गर्छौं अनि उनको शिक्षा तथा सङ्गीत क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुराको निर्णय लिन्छौं।“

आयुषलाई जहाँ गएर सिक्दा तथा पढ्दा राम्रो हुन्छ सोही अनुसारको निर्णय गरिने उनले बताए। फाइनल राउन्डमा आयुषको प्रस्तुति राम्रो हुनेमा उनको विश्वास छ।

त्यस्तै प्रीतम आचार्यको घर सुनसरीमा हो । सुनसरीको इटहरी उपमहानगरपालिका ५ का बासिन्दा हुन् आचार्य ।

प्रतिस्पर्धीहरूको साङ्गीतिक प्रस्तुतिपछि निर्णायक र दर्शकको मतका आधारमा एक साता अघि केसी र आचार्यसहित छ जना फाइनलका लागि चयन भएका हुन् । प्रीतम २०६५ साल जेठ १० गते जन्मेका हुन्।

प्रीतमले आफू चार बर्षको हुँदादेखि नै गीत गाउन थालेको उनकी आमा राधिका आचार्यले बताइन् ।

उनले भनिन्, “शुरुमै बाबु साई बोर्डिङमा पढ्थ्यो। त्यहीँ उसले साई भजन गाउन थाल्यो। उसको सङ्गीतको जग त्यहीँबाट बसेको हो।“

एक पटक विराटनगरमा भएको कार्यक्रममा प्रीतमले साई भजन गाउँदा गोजीभरि पैसा लिएर आएको उनले सुनाइन्।

प्रीतमको रुची नै सङ्गीतमा भएकाले सङ्गीतको अतिरिक्त कक्षाहरुको व्यवस्था गरिदिएको राधिकाले बताइन्। २०७३ सालमा नेपालमै भएको सुरशाला जुनियर आइडलमा प्रीतम दोस्रो भएका थिए । उनी अहिले इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा पढ्छन् ।

गत फेब्रुअरी ९ बाट शुरु भएको साङ्गीतिक प्रतिस्पर्धामा पाँचदेखि १४ वर्षसम्मका बालबालिकाहरूलाई सहभागी गराइएको छ । उनीहरू डिजिटल राउन्ड, विभिन्न स्थानमा भएका अडिशन, मेगा अडिशन हुँदै अहिले फाइनल राउन्डमा पुगेका हुन् ।

सेमिफाइनल राउन्डमा निर्णायक शानले फाइनल राउन्डका लागि सबभन्दा पहिला प्रीतमको नाम लिएका थिए भने निर्णायक अमाल मल्लिकले आयुषको नाम अन्तिममा लिएका थिए । फाइनलमा पुगेका प्रतियोगीहरूले शनिवार राति भारतीय समय अनुसार ९ बजे साङ्गीतिक प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १ : ३९ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा