रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक « Khabarhub

रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युद्धपोत मोस्कवा कृष्ण सागरमा डुबेयता रुसले पहिलोपटक युद्धपोतका जहाजीहरुको तस्वीर सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले कृष्ण सागरस्थित क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा जहाजीहरुले परेड खेलिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मोस्कवा युद्धपोतका जहाजीहरुलाई भेट्न रुसी नौसेनाका प्रमुख एडमिरल निकोलाई येभमेनोभ सेभास्टोपोल पुगेका थिए ।

येभमेनोभले मोस्कवाका जहाजीलाई भेटेको सन्दर्भमा रुसी रक्षा मन्त्रालयले २६ सेकेण्ड लामो भिडियो पनि सार्वजनिक गरेको जनाइएको छ । यद्यपि उनले ती जहाजहरुलाई कहिले भेटेका हुन् भन्ने स्पष्ट नभइसकेको रोयटर्सले जनाएको छ ।

गत बुधबार युक्रेनले नेप्चुन क्षेप्यास्त्रले मोस्कवामा आक्रमण गरेको दाबी गरेको थियो । त्यसको भोलिपल्ट रुसले क्षतिग्रस्त मोस्कवा युद्धपोत बन्दरगाहतफै लैजानेक्रममा डुबेको स्वीकार गरेको थियो ।

आक्रमणका क्रममा उक्त युद्धपोतमा रहेका सबै ५ सय जहाजीको मृत्यु भएको दाबी गरेको थियो । यद्यपि युक्रेनले यसबारे कुनै प्रमण भने पेश नगरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ३० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र