सेयर बजार २९ अंकले घट्यो  « Khabarhub

सेयर बजार २९ अंकले घट्यो 


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ– वर्षको पहिलो सेयर बजार नेप्से २९ दसमलव ६० अंकले ओरालाे लागेकाे छ ।

नेपाली सेयर मार्केट नेप्से २०७९ साल बजार खुलेको पहिलो दिन आइतबार सेयर परिसूचक १ दशमलव २३ प्रतिशतले घटेर बजार २३ सय ८५ दशमलव ६५ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा आइतबार ३४ लाख सात हजार २७२ कित्ता शेयर कारोबार हुँदा एक अर्ब ४४ करोड सात लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि नेप्सेमा सेयर कारोबार रकममा निरन्तर ओरालो लाग्दै आएको छ ।

सेन्सेटिभ इन्डेक्स ५ दशमलव १२ अंकले गिरावट आउँदा इन्डेक्स ४५० दशमलव ९८ अंकमा पुगेको छ । आइतबार बजारमा २४ कम्पनी नाफा कमाउँदा १६७ कम्पनीका सेयरधनीले गुमाएका छन् ।

आइतबार घटेको बजारमा नेस्डो  समृद्ध लघुवित्त वित्तीय संस्थाको  सेयर मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । नेप्से बजारमा नेस्डो लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २२६ रुपैयाँ बढेर दुई हजार ४८८ रुपैयाँ मा कारोबार भएको छ ।

त्यस्तै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको २१ रुपैयाँ बढेर ५४२ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ५३ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र