प्रशासनको निर्देशन अटेर, केहीले मात्र बुझाए हतियार | Khabarhub Khabarhub

प्रशासनको निर्देशन अटेर, केहीले मात्र बुझाए हतियार


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा- सिराहा जिल्ला प्रशासन कार्यालयले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि धेरैले हतियार बुझाएका छैनन् ।

जिल्ला भरिमा ३१४ थान इजाजत प्राप्त हतियार रहे पनि आइतबारसम्म २२ थान हतियार मात्र बुझाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सबै हतियार नआएको जानकारी दिए । इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी कवाडीले जानकारी दिए ।

उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३१४ हातहतियारमध्ये २२ थान हतियारमात्र बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’

सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई चैत मसान्तभित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले गत ७ चैतमा जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ । गत ७ चैतमा जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ३५ बजे

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र

मुक्तिनाथ क्षेत्रका धार्मिकस्थलमा दर्शनार्थी मैत्री पूर्वाधार निर्माण गरिने

मुस्ताङ – मुस्ताङको मुक्तिनाथ विकास समितिले मुक्तिनाथ र यसक्षेत्रका धार्मिकस्थललाई