तालमेल कांग्रेस कार्यकर्ताको भावना होइन : गगन थापा (भिडियो) « Khabarhub

तालमेल कांग्रेस कार्यकर्ताको भावना होइन : गगन थापा (भिडियो)


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन्।

कांग्रेस क्षेत्र नम्बर ४ प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।

उनले आफूले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग राय सुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा राखे । मतदाता र कार्यकर्ताको भावना विपरीत जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको चेतावनी छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सबै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरूप आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १२ : १४ बजे

बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग

बागलुङ– स्वास्थ्य सुविधालाई थप सहज बनाउन बागलुङका ४९ स्वास्थ्य संस्थालाई

सौगातले सके ‘बब डाई’को सुटिङ

काठमाडौं – नायक सौगात मल्लले फिल्म ‘बब डाई’को सुटिङ सकेका

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी– थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै गुल्मीमा हालसम्म

‘कमेडी दरबार’ टोली अस्ट्रेलिया ‘टूर’मा जाँदै

काठमाडौं – हाँस्य टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’को टोलीले अस्ट्रेलिया टूर

स्याङ्जाको अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

स्याङ्जा– स्याङ्जाको अर्जुनचौपारी गाँउपालिका वडा नम्बर २ लामडाँडामा आयोजित निःशुल्क