लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो « Khabarhub

लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ।

लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएका छन् ।

पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको अवसरमा गाउँसहरको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहभागितामा कार्यशाला गोष्ठी गरिएको थियो । मन्दिरको दीर्घकालीन विकास र प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

संघीयता कार्यान्वयनसँगै दरबार संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मा लिने भने पनि हालसम्म कुनै गतिविधि सञ्चालन गरेको छैन । दरबारका भवनहरु जीर्ण छन् । गाउँसहरको पर्यटन प्रवर्द्धनका निम्ति दरबार संरचनाको मर्मत र पर्यटक लक्षित अन्य संरचनाहरू निर्माण गर्नुपर्ने भए पनि सरोकारवाला निकायको ध्यान नजाँदा ओझेलमा परेको स्थानीय सूर्यकुमार श्रेष्ठ बताउँछन् ।

१६औं शताब्दीमा निर्माण गरिएका पुरानो संरचनामा इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँसहर दरबार ओझेलमा पर्दै आएको हो । शाह वंशीय राजाहरूको उद्गमस्थल ऐतिहासिक दरबारको प्रवर्द्धन भए पर्यटन क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ छ ।

लमजुङ दरबारको इतिहासलाई जीवित राख्न सरोकारवाला निकायले नै चासो दिनुपर्ने र दरबारको संरक्षण र प्रर्वद्धनमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए । उनले दरबारको हेरचाह, संरक्षण र विकास गर्ने काम पुरातत्व विभागको रहेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १ : ०५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई