लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो | Khabarhub Khabarhub

लमजुङ दरबारको संरक्षणमा सरोकारवालाको चासो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ।

लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएका छन् ।

पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न सातौँ लमजुङ महोत्सवको अवसरमा गाउँसहरको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाहरूको सहभागितामा कार्यशाला गोष्ठी गरिएको थियो । मन्दिरको दीर्घकालीन विकास र प्रवर्द्धनका लागि कार्यशाला गोष्ठी आयोजना गरिएको लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले बताए ।

संघीयता कार्यान्वयनसँगै दरबार संरक्षण र पुनर्निर्माणका लागि प्रदेश सरकारले जिम्मा लिने भने पनि हालसम्म कुनै गतिविधि सञ्चालन गरेको छैन । दरबारका भवनहरु जीर्ण छन् । गाउँसहरको पर्यटन प्रवर्द्धनका निम्ति दरबार संरचनाको मर्मत र पर्यटक लक्षित अन्य संरचनाहरू निर्माण गर्नुपर्ने भए पनि सरोकारवाला निकायको ध्यान नजाँदा ओझेलमा परेको स्थानीय सूर्यकुमार श्रेष्ठ बताउँछन् ।

१६औं शताब्दीमा निर्माण गरिएका पुरानो संरचनामा इतिहास जीवन्त पार्ने सम्पदा नहुँदा गाउँसहर दरबार ओझेलमा पर्दै आएको हो । शाह वंशीय राजाहरूको उद्गमस्थल ऐतिहासिक दरबारको प्रवर्द्धन भए पर्यटन क्षेत्रमा सहयोग पुग्ने उनको भनाइ छ ।

लमजुङ दरबारको इतिहासलाई जीवित राख्न सरोकारवाला निकायले नै चासो दिनुपर्ने र दरबारको संरक्षण र प्रर्वद्धनमा तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने लमजुङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजेश थापाले बताए । उनले दरबारको हेरचाह, संरक्षण र विकास गर्ने काम पुरातत्व विभागको रहेको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  १ : ०५ बजे

‘टोकियोका मतदाताबाट सत्तारुढ दल दण्डित’

टोकियो– जापानको राजधानी टोकियोमा मतदाताले जापानको सत्तारुढ दललाई नगर सभाको

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा