किन विवादित बन्यो 'विशेष योगदान सम्मान' ? | Khabarhub Khabarhub

किन विवादित बन्यो ‘विशेष योगदान सम्मान’ ?


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गर्‍यो।

बोर्डको अध्यक्षको रुपमा दयाराम दाहाल नियुक्त भएपछि यो समारोह पहिलो पटक भएको हो। कोरोना भाइरसको महामारी र राष्ट्रपतिको समय नमिल्दा हुन नसकेको अवार्ड समारोहमा २०७६ र २०७७ सालमा प्रदर्शित फिल्म मध्येबाट अवार्ड प्रदान गरियो ।

२०७७ सालमा खासै फिल्म प्रदर्शनमा नआएकाले गर्दा अवार्डमा २०७६ सालकै फिल्मको वर्चश्व रह्यो । अवार्ड समारोहमा चलचित्र पुरस्कार र दीर्घ साधना सम्मानलाई रुचाइए ‘विशेष योगदान सम्मान’ अन्तर्गत गरिएको सम्मानको भने विरोध भइरहेको छ । समारोहमै एक फिल्मकर्मीले भन्दै थिए, ‘तपाईंले केही पाउनी’ भएन ?

यो उनले ठट्टा गरेर भनेपनि त्यहाँ ‘विशेष योगदान सम्मान’ अन्तर्गत गरिएको सम्मान अन्तर्गत रहेका केही व्यक्तिमा धेरैको आपत्ति रह्यो। फिल्मनगरीमा विशेष योगदान गरे बापत् सम्मानित हुने भन्दै २ दर्जन बढीलाई सम्मान पत्र वितरण गरियो । राष्ट्रपतिको हातबाट वितरण गरिएको सम्मानको प्रतिष्ठा अन्य सम्मान भन्दा बेग्लै हुन्छ ।

तर, अध्यक्ष दयाराम दाहालले सम्मानलाई पनि हलुका रुपमा लिए । यतिसम्म कि, उनले सम्मान कसलाई दिने र किन दिने भन्ने प्रश्नको समेत ख्याल गरेनन् ।

बरु, आफूले करिअर सुरु गर्दादेखि आजसम्म नजिक भएका र काम गरेका अधिकांश फिल्मकर्मीलाई सम्मान वितरण गरिदिए । विकास बोर्डले दिएको पुरस्कार खासै विवादित बनेन । तर, बोर्ड अध्यक्ष दाहालले सबैसँग राम्रो सम्बन्ध बनाउनका लागि सम्मानलाई नै हलुका बनाउने काम गरेका छन् । राजेश हमाल, शम्भु प्रधान, चैत्य देवी सिंह, शर्मिला मल्लबाट सुरु गरिएको विशेष योगदान सम्मान ३३ जनालाई प्रदान गरियो ।

यति धेरैले सम्मान पाउँदा त्यसो गरिमा त घट्यो नै साथै नेपाली फिल्ममा के योगदान गरेबापत दिइएको स्पष्ट पनि भएन । फिल्ममा अभिनय गरेको संख्या वा यस वर्षमा बिताएको समयलाई आधार मानिएको चर्चा समारोहमा नै चल्यो । झनै विकास बोर्डकै सदस्य रहेका अर्जुन कुमार डंगोल, गायिका लक्ष्मी आचार्य सहित केही नयाँ अनुहारहरुले सम्मान पाउँदा विवादित नै बन्यो ।

आफ्नो कार्यकालको अन्तिम समयमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गरेका दाहालले पुरस्कारलाई खासै विवादित नहुन नदिए पनि विशेष योगदान सम्मान दिएर गरिमा भने बचाउन सकेनन् । 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : ५१ बजे

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरको दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

कञ्चनपुर– जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन्

न्यूयोर्कका नवनिर्वाचित मेयर ममदानी गए नेपाली रेस्टुरेन्ट, खाए मःमः, फोटो भाइरल

काठमाडौं- अमेरिकाको न्यूयोर्क शहरका नवनिर्वाचित मेयर जोरहान ममदानीले नेपाली रेस्टुरेन्टमा

भेटिन छाडे घोंगी, गङ्गटा र सुतही जस्ता जलचर

गुलरिया– मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका

पूर्वराष्ट्रपति भण्डारीको क्षतिग्रस्त घरको गृहमन्त्रीले गरे निरीक्षण

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको

बत्तीसपुतलीमा कांग्रेस संस्थापन पक्षको भेला 

काठमाडौं– नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरको भेला सुरु भएको छ