किन विवादित बन्यो ‘विशेष योगदान सम्मान’ ? « Khabarhub

किन विवादित बन्यो ‘विशेष योगदान सम्मान’ ?


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डले आइतबार राष्ट्रपति भवनमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गर्‍यो।

बोर्डको अध्यक्षको रुपमा दयाराम दाहाल नियुक्त भएपछि यो समारोह पहिलो पटक भएको हो। कोरोना भाइरसको महामारी र राष्ट्रपतिको समय नमिल्दा हुन नसकेको अवार्ड समारोहमा २०७६ र २०७७ सालमा प्रदर्शित फिल्म मध्येबाट अवार्ड प्रदान गरियो ।

२०७७ सालमा खासै फिल्म प्रदर्शनमा नआएकाले गर्दा अवार्डमा २०७६ सालकै फिल्मको वर्चश्व रह्यो । अवार्ड समारोहमा चलचित्र पुरस्कार र दीर्घ साधना सम्मानलाई रुचाइए ‘विशेष योगदान सम्मान’ अन्तर्गत गरिएको सम्मानको भने विरोध भइरहेको छ । समारोहमै एक फिल्मकर्मीले भन्दै थिए, ‘तपाईंले केही पाउनी’ भएन ?

यो उनले ठट्टा गरेर भनेपनि त्यहाँ ‘विशेष योगदान सम्मान’ अन्तर्गत गरिएको सम्मान अन्तर्गत रहेका केही व्यक्तिमा धेरैको आपत्ति रह्यो। फिल्मनगरीमा विशेष योगदान गरे बापत् सम्मानित हुने भन्दै २ दर्जन बढीलाई सम्मान पत्र वितरण गरियो । राष्ट्रपतिको हातबाट वितरण गरिएको सम्मानको प्रतिष्ठा अन्य सम्मान भन्दा बेग्लै हुन्छ ।

तर, अध्यक्ष दयाराम दाहालले सम्मानलाई पनि हलुका रुपमा लिए । यतिसम्म कि, उनले सम्मान कसलाई दिने र किन दिने भन्ने प्रश्नको समेत ख्याल गरेनन् ।

बरु, आफूले करिअर सुरु गर्दादेखि आजसम्म नजिक भएका र काम गरेका अधिकांश फिल्मकर्मीलाई सम्मान वितरण गरिदिए । विकास बोर्डले दिएको पुरस्कार खासै विवादित बनेन । तर, बोर्ड अध्यक्ष दाहालले सबैसँग राम्रो सम्बन्ध बनाउनका लागि सम्मानलाई नै हलुका बनाउने काम गरेका छन् । राजेश हमाल, शम्भु प्रधान, चैत्य देवी सिंह, शर्मिला मल्लबाट सुरु गरिएको विशेष योगदान सम्मान ३३ जनालाई प्रदान गरियो ।

यति धेरैले सम्मान पाउँदा त्यसो गरिमा त घट्यो नै साथै नेपाली फिल्ममा के योगदान गरेबापत दिइएको स्पष्ट पनि भएन । फिल्ममा अभिनय गरेको संख्या वा यस वर्षमा बिताएको समयलाई आधार मानिएको चर्चा समारोहमा नै चल्यो । झनै विकास बोर्डकै सदस्य रहेका अर्जुन कुमार डंगोल, गायिका लक्ष्मी आचार्य सहित केही नयाँ अनुहारहरुले सम्मान पाउँदा विवादित नै बन्यो ।

आफ्नो कार्यकालको अन्तिम समयमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान’ सम्पन्न गरेका दाहालले पुरस्कारलाई खासै विवादित नहुन नदिए पनि विशेष योगदान सम्मान दिएर गरिमा भने बचाउन सकेनन् । 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  २ : ५१ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६