युक्रेनका युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्य नहुने « Khabarhub

युक्रेनका युद्धग्रस्त क्षेत्रबाट उद्धार कार्य नहुने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले  सोमबार युद्ध ग्रसित क्षेत्रबाट उद्धार कार्य नहुने बताएकी छिन् । युक्रेनी र रुसी अधिकारीबीच मानवीय कोरिडोरलाई लिएर सहमति नजुटेपिछ दोस्रो दिन पनि उद्धार कार्य नहुने भएको बीबीसीले जनाएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै साेमबार मानवीय कोरिडोर नखोल्ने निर्णय गरिएको भेरेश्चुकले टेलिग्राममा जानकारी दिएकी हुन् । निकासको बाटोमा उनले रुसी फौजले बम आक्रमण लगायत विभिन्न बाधा उत्पन्न गरेको आरोप पनि लगाइन् ।

यस्तै पश्चिम युक्रेनको लभिभ शहरमा उद्धार गरेर राखिएका युक्रेनी बसेको होटल नजिकै सोमबार बिहान रुसी मिसाइलद्वारा आक्रमण भएको मेयर एन्ड्री सादभीले बताए ।

सो आक्रमणले ६ जनाको मृत्यु भएको जनाइएको छ । त्यस्तै आक्रमणमा ११ जना घाइते भएको सादभीले बताए

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ३ : ३५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा