कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन तोड्यो « Khabarhub

कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन तोड्यो


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ ।

कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् ।

उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘गठबन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि नेकपा एसको अस्वभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरूसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगर पालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ । यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : १२ बजे

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा

नियमित महाधिवेशन अनिश्चित बनेपछि विशेष महाधिवेशनका लागि कांग्रेस नेतृत्वलाई दबाब

काठमाडौं- प्रमुख दल नेपाली कांग्रेसमा आगामी पुस २६ गतेदेखि पन्ध्रौँ

आमा भन्छिन्- बेलुका भएपछि छोरो घर आउला जस्तो लाग्छ

काठमाडौं– बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री