सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने | Khabarhub Khabarhub

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता वैशाख ६ गतेबाट हुने भएको छ ।

काठमाडौँमा सोमबार भएको पत्रकार सम्मेलनमा नेपाल गल्फ टुर २०२१–२०२२ को छैंटौँ संस्करण रोयल नेपाल गल्फ क्लबमा आयोजना हुने नेपाल प्रोफेसन्ल गल्फ संघले जनाएको छ ।

प्रतियोगिता ७२ होलमा खेलाइने छ । जसमा ३६ व्यावसायिक र २० अमेच्यर गरी कुल ५६ खेलाडीको सहभागिता रहने छ ।

अन्तिम ३६ होलको चरणमा भने उत्कृष्ट २१ व्यावसायिक खेलाडी र व्यावसायिक कटमा पर्न सफल हुने उत्कृष्ट ६ अमेच्यर खेलाडी छनोट हुने छन् ।

प्रतियोगितामा कुल ५ लाख ४५ हजार रुपैयाँको पुरस्कार राशीको व्यवस्था गरिएको छ ।

उत्कृष्ट प्रतिस्पर्धीमा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सन्जे लामा, रवि खड्का, राम थापा र सुबास तामाङ रहेका छन् ।

शुक्रबहादुर राई भने भारतीय व्यावसायिक भ्रमणमा रहेका छन् ।

विजेताले एक लाख रुपैयाँ र उपविजेताले ६५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ४६ हजार रुपैयाँ पाउने छन् । साथै उत्कृष्ट २१ ले पनि पुरस्कार  प्राप्त गर्ने छन् । प्रतियोगिता वैशाख ७ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ४ : २६ बजे

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न

कृषि भूमिकोसंरक्षण आवश्यक : कृषिमन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले खाद्य सुरक्षालाई

चितवनमा फूल आयात रोक्न माग

चितवन– जिल्लामा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाले

फजुल खर्च रोक्दै दोलखाका सहकारी !

दोलखा– जिल्लाका सहकारी संस्थाहरू यतिबेला वार्षिक साधारणसभा कार्यक्रम सकाउन केन्द्रित

अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक