फिल्मको तयारीमा हमाल « Khabarhub

फिल्मको तयारीमा हमाल


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता अभिनेता राजेश हमाल ठूलो पर्दामा देखिएका छैनन् ।

निकै आश गरिएको फिल्म ‘बागमती’ फ्लप भएपछि उनले फिल्म गरेका छैनन् । त्यसपछि प्रदर्शनमा आएको फिल्म ‘शकुन्तला’ ले समेत उनलाई राहत दिन सकेन । त्यसयता सानो पर्दामै रमाइरहेका अभिनेता हमालले बेलाबखतमा कम्ब्याक गर्ने चर्चा हुने गरेको छ ।

टिभी शो, विज्ञापनसँगै म्युजिक भिडियोमा व्यस्त रहेका अभिनेता हमालले अभिनय गर्ने भनिएको ‘सत्यम्’ नबन्ने अवस्थामा पुगेको छ । त्यसपछि उनलाई ‘छड्के २’ पनि अफर गरिएको चर्चा छ । यद्यपि यस विषयमा दुबै पक्षले केही बोलेका छैनन् । तर , आउँदो केही दिनमै छायांकन गर्ने गरी हमालले एक फिल्मको तयारी गरिरहेको बुझिएको छ ।

अघिल्लो समयमा हल्ला मात्र भएकाले अभिनेता हमाल यसपटक फिल्मको काम नसकिएसम्म यसबारे जानकारी दिने पक्षमा छैनन् । फिल्मका लागि उनले आन्तरिक तयारी समेत थालिसकेका छन् । तर, यो जानकारी मिडियासम्म दिएका छैनन् । ‘उनले अभिनय गर्ने फिल्म यही महिना नै छायांकनमा जान्छ होला’ अभिनेता हमालसँग जोडिएका एक सदस्यले भने ।

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ५९ बजे

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा

रसुवाबाट १३ घाइतेको उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो (नामावलीसहित)

काठमाडौं– रसुवाबाट १३ घाइतेको उद्धार भएको छ । उनीहरुलाई उपचारका लागि