रुसी हमलाका कारण युक्रेनको लभिभमा ७ जनाको मृत्यु | Khabarhub Khabarhub

रुसी हमलाका कारण युक्रेनको लभिभमा ७ जनाको मृत्यु


५ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी युक्रेनको लभिभ शहरमा रुसी फौजले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ । लभिभ शहरका मेयर आन्द्रई सादोभीले रुसी आक्रमणका कारण ७ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

यसअघि युक्रेनी अधिकारीले रुसी आक्रमणमा ६ जनाको मृत्यु भएको जनाएका थिए । मेयरका अनुसार आक्रमणका कारण पूर्वी युक्रेनबाट विस्थापित भएका मानिसहरुलाई राखेको होटेलमा समेत क्षति पुगेको छ ।

‘हामीलाई युद्धले लभिभमा पनि छाडेन ।’ खार्किभ शहरबाट भागेर आएकी ४७ वर्षीया लुडमिला टुर्चाकले समाचार संस्था एपीलाई भनिन्, ‘युक्रेनमा हामीले सुरक्षित महशुस गर्ने कुनै ठाउँ बाँकी छैनन् ।

रुसी आक्रमणका कारण शहरमा ठूलो विष्फोटको आवाज सुनिएको एपीले जनाएको छ । स्थानीय बासिन्दाले सामाजिक सञ्जालमा शेयर गरेका तस्वीर तथा भिडियोमा आक्रमण भएको स्थलबाट आगोको लप्का र धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

युद्धको चपेटामा परेको पूर्वी क्षेत्रबाट टाढा रहेको लभिभ शहर विस्थापितहरुका लागि सुरक्षित स्थलमात्र नभएर पश्चिमा मुलुकहरुले युक्रेनलाई प्रदान गर्दै आएको सैन्य एवम् मानवीय सहायता आपूर्तिका लागि महत्वपूर्ण केन्द्रका रुपमा रहेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०७९, सोमबार  ५ : ४५ बजे

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना