रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन « Khabarhub

रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो।

रोनाल्डोले सोमबार राति सामाजिक संजालमा आफ्नो शिशुको मृत्यु भएको जानकारी गराएका हुन्। नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको उनको पोस्टमा उल्लेख गरिएको छ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान छन्।

रोनाल्डोले दुःखका साथ आफ्नो बच्चाको निधन भएको घोषणा गर्नु परेको उल्लेख गरेका छन्। उनको पोस्टमा यो सबैभन्दा ठूलो पीडा भएको र जुन कुनै पनि आमाबाबुले महसुस गर्नसक्ने भनेका छन्।

हेरचाहका लागि स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका छन्। यो धेरै कठिन समयमा गोपनीयताको लागि उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २६ बजे

राष्ट्रिय विपत्तिको परिस्थितिमा दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको