रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन « Khabarhub

रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको निधन


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो।

रोनाल्डोले सोमबार राति सामाजिक संजालमा आफ्नो शिशुको मृत्यु भएको जानकारी गराएका हुन्। नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको उनको पोस्टमा उल्लेख गरिएको छ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान छन्।

रोनाल्डोले दुःखका साथ आफ्नो बच्चाको निधन भएको घोषणा गर्नु परेको उल्लेख गरेका छन्। उनको पोस्टमा यो सबैभन्दा ठूलो पीडा भएको र जुन कुनै पनि आमाबाबुले महसुस गर्नसक्ने भनेका छन्।

हेरचाहका लागि स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका छन्। यो धेरै कठिन समयमा गोपनीयताको लागि उनले अनुरोध गरेका छन्।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ७ : २६ बजे

रसुवाको बाढीबारे चीन गम्भीर : उद्धारमा जुट्न राष्ट्रपति सी र प्रधानमन्त्री ली छ्याङको निर्देशन

काठमाडौं– नेपालको उत्तरी छिमेकी चीनले पनि रसुवा र केरुङ क्षेत्रको

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको