निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा « Khabarhub

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ । निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरिएको रिट न्यायाधीश फुयाँलको एकल इजलासमा परेको हो ।

विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिटको प्रारम्भिक सुनुवाइका लागि मंगलबार न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो।

चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो। जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वत: निलम्बनमा परेका छन्।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन्।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ११ : २२ बजे

नेपाली सेनाको हेलिकप्टरमार्फत बाढी प्रभावित १२ जनाको उद्धार

काठमाडौं– भोटेकोशी बाढीप्रभावितमध्ये हालसम्म नेपाली सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना,

विपद् प्राधिकरणकी प्रवक्ता भन्छिन्- तिब्बतबाट बिहान ८:४० बजे बाढी प्रवेश गरेको थियो, हामीलाई ९ बजे जानकारी आयो

काठमाडौं– विपद् प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीको

भोटेकोशी बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा क्षति

काठमाडौं– बुधबार भोटेकोशीमा आएको भीषण बाढीका कारण विभिन्न ११ वटा

प्रकाशमान सिंहको आरोप : संस्थापनले भाषणमा पार्टी मिलाउने, वार्तामा महिनौँ बेपत्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विवादका विषयमा न्यायपालिकाको

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले