क्षयरोगका नयाँ बिरामी ४५ हजार पुगे, निवारण चुनाैतीपूर्ण « Khabarhub

क्षयरोगका नयाँ बिरामी ४५ हजार पुगे, निवारण चुनाैतीपूर्ण


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा नयाँ क्षयरोगका बिरामीको संख्या ४५ हजार पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा ३२ हजार नयाँ क्षयरोगका बिरामी देखिएकोमा हाल ४५ हजार पुगेको एक अध्ययनले देखाएको छ ।

सरकारले सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य लिएको भएपनि नयाँ रोगीको संख्या भने बढ्दै गएको छ । नेपालमा भएको क्षयरोग निवारण कार्यक्रमको विषयमा विज्ञहरुले गरेको एक अध्ययन तथा अनुगमनले क्षयरोग उपचारका लागि दक्ष जनशक्ति, प्रयोगशालाको अभाव र जनचेतनाको अभावका कारण क्षयरोगका बिरामी बढ्दै गएको देखाएको छ ।

विज्ञहरुको टोलीले गरेको अनुगमनमा स्वास्थ्य मन्त्रालयसँग ४६ जिल्लाको मात्रै क्षयरोगको विषयमा विद्युतीय रिपोर्टिङ भएको भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्षयरोगको भार बढ्दै गएकाले सोको निवारण गर्न चुनौतीपूर्ण रहेको बताएका छन् ।

उनले क्षयरोग निवारणको लागि भनाइएका पञ्चवर्षीय योजनाका लक्ष्य पूरा गर्न मन्त्रालयले प्रथामिकता दिएको भन्दै विकट क्षेत्रका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : ४३ बजे

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि