पुटिन भन्छन्– ‘पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध असफल भयो’ « Khabarhub

पुटिन भन्छन्– ‘पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध असफल भयो’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुसविरुद्ध लगाएका प्रतिबन्धहरू असफल भएको टिप्पणी गरेका छन् । मुलुकका शीर्ष अर्थ अधिकारीहरुसँगको छलफलका क्रममा पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

पुटिनले पश्चिमा मुलुकले ‘वित्तीय–आर्थिक अवस्थालाई तुरुन्तै बिगार्ने, बजारमा आतंक मच्चाउने, बैंकिङ प्रणाली ध्वस्त पार्ने जस्ता अवस्थाको अपेक्षा गरेको’ टिप्पणी गरे । उनले पश्चिमा मुलुकले अवलम्बन गरेको ‘आर्थिक ब्लित्ज’ को रणनीति असफल भएको समेत बताए ।

दोश्रो विश्वयुद्धका बेला नाजी जर्मनीले अवलम्बन गरेको सैनिक रणनीतिलाई पश्चिमी विश्वमा ‘ब्लित्ज’ को संज्ञा दिइन्छ ।

उनले रुसमाथि लगाइएका प्रतिबन्धले ‘पश्चिमा मुलुककै अर्थतन्त्र धराशायी भएको समेत टिप्पणी गरेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण थालेपछि पश्चिमा मुलुकहरुले रुसी आर्थिक प्रणालीलाई लक्षित गरी विशाल स्तरमा प्रतिबन्धहरुको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०० बजे

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र

सहमति बन्न नसक्दा विधेयक माथिको कारबाही रोकियो

सुदूरपश्चिम– सत्तारूढ दलबीच सहमति जुट्न नसक्दा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको

नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं- पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी महिला

५२ युवा नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै