पोर्टम्यान बनिन् नयाँ ‘थोर’ « Khabarhub

पोर्टम्यान बनिन् नयाँ ‘थोर’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मार्भल स्टुडियोको नयाँ फिल्म ‘थोरः लभ एण्ड थन्डर’ को टिजर सार्वजनिक गरिएको छ ।

कोरोना भाइरसको महामारीको समयमा वेब सिरिज मार्फत आफ्नो सिनेम्याटिक युनिभर्सको कथालाई अगाडि बढाइरहेको मार्भलले अहिले रोकिएका फिल्महरु धमाधम रिलिज गर्दैछ ।

सानो पर्दामा मुननाइटलाई नयाँ हिरोको रुपमा परिचित गराइरहेको मार्भलले आफ्नो सिनेम्याटिक युनिभर्सबाट केही समय बिदा लिएकी हलिउड अभिनेत्री नाटाली पोर्टम्यान नयाँ थोर पात्रमार्फत पुनरागमन गराएको छ ।

नयाँ सिरिज ‘थोरः लभ एण्ड थन्डर’ को टिजरमा पोर्टम्यानलाई नयाँ थोर पात्रको रुपमा देख्न पाइन्छ । अघिल्लो ‘थोरः राग्नारोक’ बाट राम्रो प्रतिक्रिया बटुलेका टाइका वाटिटी निर्देशित फिल्म ‘थोर’ को यो चौथो श्रृंखला हो ।

फिल्मको कथा एभेन्जर्स : एण्ड गेमको कथाबाट सुरु हुन्छ । जहाँ थोर (क्रिस हेम्सवर्थ) आफ्नो संसार असगार्ड समाप्त भएपनि गार्जियन अफ दी ग्यालेक्सीसँगै पृथ्वीमा बस्दै आएका छन् ।

अभिनेता हेम्सवर्थ उक्त समूहको सदस्यको रुपमा फिचर्ड छन्, जहाँ पोम क्लेमेन्टिफ, डेभ बौटिस्टा, करेन गिलन, ब्राड्ली कुपरभीन डिजेल समेत प्रमुख भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  २ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका