सत्ता गठबन्धनको शक्ति देखेर ओली आत्तिए : वरिष्ठ नेता पौडेल « Khabarhub

सत्ता गठबन्धनको शक्ति देखेर ओली आत्तिए : वरिष्ठ नेता पौडेल


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाईं बाँकी नै रहेकाले सबै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने धारणा राखेका हुन्।

मंगलबार काठमाडौँमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा तयार भएको बताए ।

उनले भने,-‘यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन होइन । त्यसैले तपाईंहरूले गठबन्धनको भावनालाई आत्मसात् गर्नुहोस् । गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरुरु भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ।’

त्यस्तै पौडेलले अहिलेको गठबन्धनले सहमति कायम गरेर तालमेल टुंग्याउने दाबी गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र