सत्ता गठबन्धनको शक्ति देखेर ओली आत्तिए : वरिष्ठ नेता पौडेल « Khabarhub

सत्ता गठबन्धनको शक्ति देखेर ओली आत्तिए : वरिष्ठ नेता पौडेल


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनको शक्ति देखेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आत्तिएको टिप्पणी गरेका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि लडाईं बाँकी नै रहेकाले सबै सजग भएर लोकतन्त्र उल्ट्याउने षड्यन्त्रहरुविरुद्ध सतर्क हुनुपर्ने धारणा राखेका हुन्।

मंगलबार काठमाडौँमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा तयार भएको बताए ।

उनले भने,-‘यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन होइन । त्यसैले तपाईंहरूले गठबन्धनको भावनालाई आत्मसात् गर्नुहोस् । गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरुरु भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ।’

त्यस्तै पौडेलले अहिलेको गठबन्धनले सहमति कायम गरेर तालमेल टुंग्याउने दाबी गरे ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको