सशस्त्रको अनुगमन तथा मूल्याङ्कन ईकाइ स्थापना « Khabarhub

सशस्त्रको अनुगमन तथा मूल्याङ्कन ईकाइ स्थापना


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी कर्मचारीहरूलाई कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकमा अनुगमन तथा मूल्याङ्कन ईकाइको उद्घाटन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक केसीले राज्यले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई दत्तचित्त भएर लाग्न निर्देशन दिएका हुन् ।

उनले केन्द्रदेखि तल्लो तहसम्मका ईकाहरूबाट सम्पादित सांगठनिक काम कारबाहीको नियमित रूपमा अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उद्देश्यका साथ यो ईकाइ स्थापना गरिएको बताए ।

महानिरीक्षक केसीले अनुगमनका क्रममा देखिएका सुधारका पक्षहरूमा तत्कालै निर्णय लिन तथा संगठनमा भएका नियमित कार्यहरूको समयमै अध्यावधिक गर्नसमेत यो ईकाइले सहयोग पुग्ने बताए ।

उनले सम्पूर्ण ईकाइहरूमा कार्यरत कमाण्डर तथा सकल दर्जाले आ–आफ्नो पदीय दायित्व र जिम्मेवारीअनुसार सम्पादन गरेको काम कारबाहीको नियमित अनुगमन तथा मूल्याङ्कन हुने र सोही मूल्याङ्कनलाई समेत वार्षिक युनिट निरीक्षणको मूल्याङ्कन तथा आर्थिक वर्षको अन्तिममा गरिने मूल्याङ्कनमा जोडिने जानकारी दिए ।

सशस्त्रका दुई–दुई वटा बाहिनीहरूको अनुगमन तथा मूल्यांकनका लागि यो ईकाइमा चार वटा डेस्क स्थापना गरिएको छ ।

यो ईकाइ सशस्त्र प्रहरी महानिरीक्षकको प्रत्यक्ष निगरानीमा रहने छ ।

जसले गर्दा स्पष्ट ढङ्गले चुस्त कार्यान्वयन गर्न सक्ने, सबै खालका कामकारबाहीको नियमित अनुगमन हुने, सबै तहका कमाण्डरहरू हमेसा सतर्क रहने, फिल्डमा भएको काम कारबाही सोझै महानिरीक्षकमा जानकारी हुँदा समयको बचत एवं निर्देशनमा स्पष्टता हुने, माथिल्लो निकायको प्रत्यक्ष सुपर भिजनले तल्लो तहमा बसेर काम गर्ने कमाण्डर तथा जवानहरूलाई थप जिम्मेवार बनाउने, कार्यसम्पादनमा स्पष्ट र प्रभावकारीता आउने, कामप्रति उत्तरदायी हुने बानीको विकास हुने, दैनिक पिटी–परेड, लेक्चर, रोलकललगायतका फौजी क्रियाकलापहरूको निरन्तरताले शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्नुको साथै कार्यसम्पादनमा प्रभावकारिता आई संगठनको उद्देश्य प्राप्तिमा योगदान पुग्ने विश्वास लिइएको छ ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललगायत सशस्त्रका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको