फिल्ममा असफल भएपछि टिभीमा निकिता « Khabarhub

फिल्ममा असफल भएपछि टिभीमा निकिता


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निकिता चाण्डकले सन् २०१७ मा ‘मिस नेपाल’ को उपाधि जितेपछि एकाएक चर्चित बनिन् ।

सानैदेखि मोडलिङ क्षेत्रमा आउने उनको सपनालाई मिस नेपालको प्लेटफर्मले काम गर्‍यो । मिस नेपाल भएपछि चर्चामा रहेकी निकिताले फिल्म ‘रानीमहल’ बाट फिल्म क्षेत्रमा डेब्यु गर्ने चर्चा भयो ।

तर, फिल्म पूरा नहुँदै निर्माण टिममा लफडा भएपछि बाँकी काम रोकियो । फिल्म पूर्ण हुन नसकेपछि निकिताको विश्वास पनि उड्यो । त्यसपछि उनले डेब्यु गरिन् फिल्म ‘साङ्लो’ बाट ।

तर , डेब्यु फिल्ममै सफलता नपाएकी निकितालाई अर्को फिल्म पाउन मुस्किल भयो । अर्को फिल्मका लागि लामो समयसम्म पर्खाइमा रहेकी निकिता अन्तत: टेलिभिजन शो मा आउने भएकी छिन् । उनी ‘स्पिट्स भिल्ला’ नामक टेलिभिजन शो मा होस्ट बन्दैछिन् ।

त्यसो त निकिता अगाडिका मिस नेपालहरुको करियर पनि फिल्म वा टिभी होस्टमै देखिएको छ । त्यही बाटोमा निकिता पनि देखिएकी छिन् । तर, फिल्ममा निकिताको प्रयासले मूर्तरुप नआएपछि टेलिभिजनको बाटो रोजेकी हुन् । अब, हेरौँ फिल्ममा सफल नभएकी निकिताको करियर टिभीले कसरी अगाडि बढाउँछ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ४ : ४९ बजे

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ

बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक

मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह 

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र