पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसी फौजद्वारा एक शहर कब्जा « Khabarhub

पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसी फौजद्वारा एक शहर कब्जा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वी युक्रेनमा सैनिक आक्रमण थालेका रुसी फौजले लुहान्स्क क्षेत्रको एउटा शहर कब्जा गरेका छन् । लुहान्स्क क्षेत्रका गभर्नर शेरी हाइडाइले रुसी फौजले लुहान्स्क क्षेत्रको क्रेमिन्ना शहरमा नियन्त्रण जमाएको बताएका हुन् ।

उनका अनुसार युक्रेनी सैनिक पछि हटेपछि उक्त शहर रुसी नियन्त्रणमा गएको हो । सो शहरमा रुसी फौजले चारैतिरबाट आक्रमण गरेको उनको भनाइ छ ।

‘हाम्रा रक्षकहरूले पछि हट्नुपर्यो । अहिले उनीहरु नयाँ स्थानबाट रुसी फौज विरुद्धको लडाइलाई निरन्तरता दिइरहेका छन् ।’ शेरी हाइडाइलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

उनका अनुसार शहरमा २ सयजति सर्वसाधारणको मृत्यु भइसकेको छ । यद्यपि उनीहरूको कुन अवधिमा मृत्यु भएको भन्ने बारे उनले नखुलाएको रोयटर्सले जनाएको छ ।

रुसी फौजको नियन्त्रणमा गएसँगै सरकारी अधिकारीहरूले सो क्षेत्रबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने प्रयासमा रहेको बताइएको छ ।

यस शहर रुसी फौजको नियन्त्रणमा गएको पुष्टि भएमा पूर्वी युक्रेनमा आक्रमण थालेयता रुसले कब्जा गरेको यो पहिलो शहर हुनेछ ।

रुसले युक्रेनमाथि आक्रमण गर्नुअघि सो शहरको जनसंख्या १८ हजार रहेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ६ : ४० बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर