गृहमन्त्री खाँण र दक्षिण कोरियाली राजदूत सुकबीच भेट « Khabarhub

गृहमन्त्री खाँण र दक्षिण कोरियाली राजदूत सुकबीच भेट


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

गृहमन्त्रालयमा आज मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो ।

भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

त्यसक्रममा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको दक्षिण कोरियाले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

साथै, नेपाली नागरिकलाई कोरियामा रोजगार दिएकोमा कोरियाली सरकार, जनता र त्यहाँका उद्योगीहरूलाई उनले राजदूतमार्फत् धन्यवाद पनि दिएका छन् ।

भेटमा दक्षिण कोरियाली राजदूत सुकले कोरोनाका कारण नेपालीलाई कोरिया लैजाने प्रक्रिया रोकिएकोमा अब भने छिट्टै सुरु हुने जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाली पर्यटक नेपालमा भित्र्याउने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : २६ बजे

नेपाललाई सहयोग गर्ने बलिउड कलाकारको प्रतिबद्धता

काठमाडौं – रसुवाको विनाशकारी बाढीमा प्रभावितहरूलाई विदेशी कलाकारहरूले समेत सहानुभूति

कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितलाई ३ करोड ३९ लाख बराबरको सहयोग

काठमाडौं– कुमारी बैंक लिमिटेडले हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी

तनहुँमा ९८४ मेट्रिक टन खायन आलु उत्पादन

दमौली– तनहुँमा खायन जातको आलु उत्पादन बढ्न थालेको छ ।

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव, पहिचान केन्द्र तयार पारिँदै 

चितवन– चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै

मनोरञ्जनात्मक कार्यक्रम रोक्दै सेलिब्रिटीहरू !

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले नागरिकमा असहज परिस्थिति