गृहमन्त्री खाँण र दक्षिण कोरियाली राजदूत सुकबीच भेट « Khabarhub

गृहमन्त्री खाँण र दक्षिण कोरियाली राजदूत सुकबीच भेट


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेका छन् ।

गृहमन्त्रालयमा आज मन्त्री खाँण र राजदूत सुकबीच भेट भएको हो ।

भेटमा दुई पक्षीय सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

त्यसक्रममा गृहमन्त्री खाँणले भौतिक पूर्वाधार क्षेत्रको दक्षिण कोरियाले गरेको योगदानका लागि धन्यवाद दिएका छन् ।

साथै, नेपाली नागरिकलाई कोरियामा रोजगार दिएकोमा कोरियाली सरकार, जनता र त्यहाँका उद्योगीहरूलाई उनले राजदूतमार्फत् धन्यवाद पनि दिएका छन् ।

भेटमा दक्षिण कोरियाली राजदूत सुकले कोरोनाका कारण नेपालीलाई कोरिया लैजाने प्रक्रिया रोकिएकोमा अब भने छिट्टै सुरु हुने जानकारी दिएका थिए ।

भेटमा दक्षिण कोरियाली पर्यटक नेपालमा भित्र्याउने विषयमा पनि उनीहरूबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ८ : २६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको