मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा | Khabarhub Khabarhub

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता: आर्मी र एपीएफ फाइनलमा


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब भिड्ने भएका छन् ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरू र सेमिफाइनल सम्पन्न भएका छन् ।

पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५-१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।

दोस्रो सेमिफाइनल खेलमा एपीएफ क्लबले सुदूरपश्चिमलाई ३७-३२ ले हरायो ।

देशकै सर्वाधिक धनराशीको कबड्डी प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार, उपविजेताले ८० हजार र सेमिफाइनल पुगेका दुई टोली नगद ४० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : २० बजे

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान