उपाधी होडमा युनाइटेडमाथि लिभरपुलले गर्‍यो चार गोल « Khabarhub

उपाधी होडमा युनाइटेडमाथि लिभरपुलले गर्‍यो चार गोल


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपाधी होडमा रहेको लिभरपुलले इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ४–० अन्तरले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा एकपक्षीय खेल खेलेको लिभरपुलले उपाधि यात्रामा म्यानचेस्टर सिटीलाई पछ्याउने क्रममा दुबै हाफमा दुई- दुई गोल गरेको हो ।

टोलीको सानदार जितमा मोहम्मद सलाहले दुई तथा लुइस डियाज र साडियो मानेले एक-एक गोल गरे । पुत्रशोकका कारण युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो खेलमा अनुपस्थित भए ।

जितसँगै शीर्षस्थानमा उक्लिएको लिभरपुलको ३२ खेलबाट ७६ अंक जोडेको छ। एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ७४ अंक छ । हारसँगै युनाइटेड ३३ खेलबाट ५४ अंक जोडेर छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : ५३ बजे

भोटेकोसी बाढी प्रभावितको लागि एनसेल फाउन्डेसनद्वारा १ करोड सहयोग

काठमाडौं– हिजो बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं– भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन भएको छ

बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

एजेन्सी– चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र

नारायणी नदीबाट हालसम्म ६७ वटा शव संकलन

काठमाडौं– रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि नारायणी नदीबाट