सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने | Khabarhub Khabarhub

सत्ता गठबन्धनले बाँकी दुई उपमहानगरको टुंगो आज लगाउने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनका दलबीच गए राति दुई बजेसम्म बसेको बैठकले पनि महानगर र उपमहानगर बाँडफाँटमा अन्तिम टुंगो लगाउन सकेन।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई पटक बसेको गठबन्धनको बैठक निष्कर्षमा पुग्न नसकेपछि आज बिहान फेरि बस्ने गरी सकिएको थियो। बैठक आज बिहान ११ बजे पुन: बस्नेछ।

हालसम्म ६ वटा महानगरमध्ये तीन वटाको मेयर कांग्रेसलाई र बाँकी तीन महानगरमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले पाउने सहमति बनिसकेको छ।

कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर, माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएका छन्। उपमेयर अर्को दललाई दिइने छ।

११ उपमहानगरपालिकामध्ये धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरानको मेयर कांग्रेसलाई दिने प्रस्ताव गरिएको छ। त्यस्तै, जनकपुर उपमहानगर जसपालाई, घोराही र जितपुर सिमरा माओवादीलाई र हेटौंडा उपमहानगर एकीकृत समाजवादीलाई दिने प्रस्ताव गरिएको छ।

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका उनीहरुबीच दुई उपमहानगरको बाँडफाँड मिलाउन नसकेपछि बैठक बिनानिष्कर्ष सकिएको हो। जनकपुरधाम र नेपालगन्ज उपमहानगरमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच कुरा नमिलेपछि बैठक लम्बिएको एक नेताले बताएका छन् ।

सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलबीच महानगर र उपमहानगरमा तालमेलको विषय सहमति नजिक पुगेको बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : २६ बजे

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम

राहुल चौधरी लगातार पाँचाैँ वर्ष ‘होटेलियर पावर लिस्ट’मा

काठमाडौं – सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवम्‌ प्रमुख कार्यकारी

कृषि उत्पादन बढाउन व्यवसायिकरण जरुरी छ : डा महत

सुदूरपश्चिम– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले कृषिको

दशैँलाई काठमाडौंमा ४५ हजार खसीबोका भित्र्याइँदै

काठमाडौं – दशैंमा मासुको माग पूर्ति गर्न काठमाडौं उपत्यकामा झन्डै

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन – नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरूका