कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक « Khabarhub

कैलालीमा अघोषित लोडसेडिङ, ४२ डिग्री तापक्रममा छट्पटाउँदै नागरिक


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा अत्याधिक गर्मी बढेका बेला विद्युत् प्राधिकरणकाे गर्ने अघोषित लोडसेडिङका कारण नागरिक मारमा परेका छन् । केही दिनयता कैलालीमा तापक्रम उच्च हुँदा विद्युत् कटौती पनि बढ्न थालेको हो ।

नागरिकले विद्युत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको स्थानीय आरोप लगाइरहेका छन् । ‘तराईमा ४२ डिग्रीसम्म तापक्रम पुग्न थालेको छ,’ धनगढी-५ का ईश्वर जोशीले भने, ‘यही बेला विद्युत् प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ गरिरहेको छ । अत्यधिक गर्मीमा लोडसेडिङ हुन थालेपछि नागरिक मारमा परेका छन् ।’

तर, विद्युत् प्राधिकरणले लाेडसेडिङ नगरेकाे दाबी गरेकाे छ । नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले कैलालीमा नियमित विद्युत आपूर्ति भइरहेको भन्दै अहिले कुनै समस्या नरहेको बताए । प्राधिकरणकाे दाबीलाई अस्वीकार गर्छन् । ‘ कैलाली भरि नै दैनिकजसो अघोषित रूपमा हुने लोडसेडिङ भइरहेको छ,’  गोदावरी नगरपालिका–२ का लालबहादुर सुनारले भने, ‘नियमित विद्युत् सुचारु नभएको १५-२० दिन भइसक्यो ।’

उनका अनुसार ‘आधा घण्टा बत्ती आउने र १५–२० मिनेट विद्युत कटौती हुने गरेको छ । ‘यो विद्युत प्राधिकरणको अघोषित लोड सेडिङनै हो, जनतालाई त्यसको सूचना लुकाइएको छ,’ सुनारले भने ।

धनगढी–२ का सुशील जोशीले विद्युत प्राधिकरण व्यापारीसँग मिलेको आरोप लगाउँछन् । व्यापारीका इन्भर्टर बिकाउन प्राधिकरणले गर्मी बढेपछि अघोषित लोडसेडिङ गर्ने गरेको उनको आरोप छ ।

‘गर्मीमा झ्याप्प- झ्याप बत्ती कटौती गरेर नागरिकलाई इन्भर्टर किन्न बाध्य पारिँदै छ,’ उनले भने, ‘विद्युत् प्राधिकरणले व्यापारीलाई फाइदा पुग्ने गरी काम गरिरहेको छ ।’

पटक-पटक बिजुली जाने र आउने हुन थालेपछि वैकल्पिक उपकरणको समेत बिक्री बढ्ने र त्यसबाट विद्युत्‌का कर्मचारीले कमिसन खाने गरेको उनको आराेप छ ।

विद्युत प्राधिकरणले गर्मी सुरु भएपछि सधैँ अघोषित लोडसेडिङ गर्ने गरेको धनगढी–५ का अनिल बोहरा पनि बताउँछन् । ‘यसअघिका वर्षहरूमा पनि गर्मी सुरु भएपछि अघोषित लोडसेडिङ हुनेगरेको थियो,’ बोहराले भने, ‘यस वर्ष पनि त्यो समस्या दोहोरिएको छ । कर्मचारीको प्रलोभन र लापरबाहीका कारण यस्तो समस्या आइरहेको छ ।’

बिजुली आउने जाने गर्दा विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको धनगढीका स्थानीय देवराज अवस्थीले बताए । बिजुली आउने र जाने भइरहँदा पंखा, फ्रिज, बिजुलीका बल्बमा क्षति पुग्ने गरेको उनी बताउँछन् । ‘पछिल्लो समयमा बत्ती आउने–जाने धेरै भइरहेको छ,’ उनले भने, ‘यसले गर्दा विद्यार्थी लगायत अन्य सबै नगरबासीको दैनिक कष्टकर भएको छ ।’

प्राधिकरणले विभिन्न बाहना बनाएर विद्युत् कटौती गर्दा गृहणी, विद्यार्थी, उद्योगी, व्यापारीहरूले समस्या झेल्नु परेको छ भने विद्युत् नभएपछि पंखा, एसी, कुलर लगायतका उपकरण चलाउन नपाउँदा चर्को गर्मी कटाउन मुस्किल परिरहेको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीका प्रमुख मण्डल भने विद्युत नियमित सुचारु भएको र कुनै लोडसेडिङ नरहेको बताउँछन् । ‘ठाउँठाउँमा सडक निर्माण भइरहेका कारण लाइनविच्छेद गर्नु पर्ने अवस्था आइरहेको छ,’ उनले भने, ‘कतै फ्यूज जाने हुँदा मर्मत गर्नु पर्दछ, त्यसबेला बिजुली गएको हुन सक्दछ, तर लोड सेडिङ भने छैन ।’

उनले कहिलेकाहिँ चमेलिया विद्युत् आयोजनाबाटै बिजुली कटौती हुने गरेको भन्दै त्यस्ताे अवस्थामा भने केही समस्या हुने गरेको बताए । तर, चमेलियामा पनि मर्मतका लागि मात्र विद्युत् अवरुद्ध हुने गरेको वितरण केन्द्र प्रमुख मण्डलले बताए ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  १ : ३० बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन