इस्लामिक स्टेटविरुद्ध अन्तिम युद्ध शुरु « Khabarhub

इस्लामिक स्टेटविरुद्ध अन्तिम युद्ध शुरु


२७ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– आतंकवादी संगठन इस्लामिक स्टेटको नियन्त्रणमा रहेको सिरियाको अन्तिम भूभागमा अमेरिका समर्थित कुर्दिस लडाकु नेतृत्वका फौजले अन्तिम आक्रमण शुरु गरेको छ । इराकसँग सीमा जोडिएको सिरियाको डिएर एजजोर प्रान्तमा इस्लामिक स्टेटको कब्जामा रहेका भूभागमा सिरियाली कुर्दिस फौज वाइपीजीको नेतृत्वमा रहेको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले आक्रमण थालेको हो ।
डिएर एजजोर प्रान्तका दुई स–साना गाउँ अझै इस्लामिक स्टेटको कब्जामा छन् । त्यसबाहेक मध्य सिरियाको मरुभूमिमा पनि इस्लामिक स्टेट अझै सक्रिय रहेको बताइन्छ । पछिल्ला दश दिनमा डिएर एजजोर प्रान्तमा इस्लामिक स्टेटको कब्जामा रहेका गाउँबाट २० हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएपछि आक्रमण शुरु भएको एसडीएफले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत बुधबार सिरियामा इस्लामिक स्टेट पूर्ण रुपमा पराजित भएको औपचारिक घोषणा गर्ने जनाएको केहीदिन लगत्तै एसडीएफले इस्लामिक स्टेट नियन्त्रित क्षेत्रमा आक्रमण थालेको हो । केही दिन वा साताभित्रै डिएर एजजोरमा इस्लामिक स्टेटको अन्तिम गढ भत्काउने एसडीएफको योजना छ ।
एसडीएफलाई अमेरिकाले निकै लामो समयदेखि सैनिक सहयोग गर्दै आएको छ । डिएर एजजोरमा इस्लामिक स्टेट पराजित भए पूर्वी सिरियाबाट इस्लामिक स्टेटको नियन्त्रणमा रहेको भूभाग समाप्त हुनेछ ।
यद्यपि इस्लामिक स्टेटले भूमिगत भएर आफ्ना आतंकवादी गतिविधिलाई निरन्तरता दिनसक्ने चिन्ता पनि उत्पन्न हुने गरेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७५, आइतबार  ४ : २२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका