जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित) « Khabarhub

जसपाको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

शौचालय नभएको घरपरिवारलाई १० हजार अनुदान दिने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ। घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।

‘पालिकास्तरका विद्यालय तथा आधारभूत सेवा कार्यालयहरुलाई सडकसँग जोडिने छ। सबै पालिकाहरुमा एक बसपार्क बनाइने छ। महानगरहरमा नगररेल सेवा विकासको सम्भावनाबारे अध्ययन गरिने छ’, घोषणापत्रमा भनिएको छ।

त्यस्तै, शुद्ध पिउने पानीको सुविधा नपुगेका घरबस्तीमा खानेपानी सुविधा पुर्‍याइने प्रतिबद्धता पनि घोषणापत्रमा व्यक्त गरिएको छ। ‘सार्वजनिक खानेपानी आयोजनाबाट वितरित खानेपानीको २०० रुपैयाँ सम्मको खानेपानी बिल निशुल्क गरिने छ। आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न रु १० हजारको अनुदान दिइने छ’, भनिएको छ।

‘माध्यामिक विद्यालय तहसम्मको शिक्षालाई व्यवहारिक रुपमा नै निशुल्क र गुणस्तरीय बनाइने छ। प्रारम्भमा ‘एक पालिका एक मोडल स्कुल’ को अवधारणालाई कार्यान्वयन गरिने छ। सबै विद्यालयहरुमा कम्प्युटर शिक्षा दिइने छ’, घोषणापत्रमा भनिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ३ : ४६ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले