महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न मानवअधिकार आयोगको आग्रह « Khabarhub

महिलाहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न मानवअधिकार आयोगको आग्रह


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थानीय तह निर्वाचनमा महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

‘आसन्न निर्वाचनको क्रममा गठबन्धन गर्ने दलहरूले हरेक स्थानीय तहका मेयर र उपमेयर एवम् अध्यक्ष र उपाध्यक्षमध्ये कम्तिमा एक पदमा महिलालाई उम्मेदवार बनाई स्थानीय तहमा महिलाहरूको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई अनुरोध गर्दछ,’ आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा आयोगले नेपालको संविधानको धारा ३८ को उपधारा ४ ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको प्रत्याभूति गरेको स्मरण गराएको छ ।

‘उक्त संवैधानिक व्यवस्था अनुरुप बन्ने कानून महिलाको समानुपातिक सहभागिताको अधिकार सुनिश्चित गर्ने सन्दर्भमा प्रभावकारी हुनु पर्दछ भन्नेमा आयोग दृढ छ,’ आयोगले भनेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालका केही राजनीतिक दलहरुले गठबन्धन बनाई उम्मेदवार मनोनयन गर्ने जानकारी सञ्चार माध्यमहरुबाट जानकारीमा आएको आयोगले बताएको छ ।

‘यस सन्दर्भमा दलहरूबाट कतिपय स्थानीय तहमा मेयर र उपमेयर एवम् अध्यक्ष र उपाध्यक्ष दुवैमा पुरुष मात्र उम्मेदवार बनाउन सक्ने सम्भावना रहेको हुँदा त्यसले संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा महिलाको सहभागी हुने हकको प्रत्याभूति हुन नसक्ने स्थितिको सिर्जना हुन जान्छ,’ आयोगले विज्ञप्तिमा भनेको छ ।

नेपालको संविधानको समानुपातिक समावेशीताको मर्म विपरीत देखिएका ऐन, नियमहरूलाई सुधार गरी समावेशी र मानव अधिकारमैत्री बनाउनसमेत आयोगले सरकार, व्यवस्थापिका तथा सबै राजनीतिक दललाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ५० बजे

सुनको मूल्य ३ लाख माथि पुग्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

ट्रम्पले चेतावनी दिँदै नेतन्याहूलाई भने : सावधानी अपनाऊ, नत्र विश्व जगतमा एक्लै पर्छौ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई इरानविरुद्ध

भूपू गोर्खाको समस्या समाधानमा परराष्ट्र मन्त्रीको अग्रसरता, बेलायतका दुई मन्त्रीसँग संवाद

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरूका लामो समयदेखि

मैदानमै ढलेका एरिक्सन अस्पतालबाट घर फर्किएपछि भने, ‘मेरो स्वास्थ्य सुधार हुँदैछ’

कोपनहेगन- डेनमार्कका स्टार फुटबलर क्रिस्चियन एरिक्सन मैत्रीपूर्ण फुटबलका क्रममा मैदानमा

चक्रपथका आकासे पुल एक दशक पुग्न लाग्दा पनि अधुरै (फोटो फिचर)

काठमाडौँ – काठमाडौँ चक्रपथअन्तर्गत बल्खु, सानेपा र महालक्ष्मीस्थानमा निर्माणाधीन आकासे