युक्रेनलाई दिएका सबै हतियारको विवरण सार्वजनिक नगरेको जर्मनीको खुलासा « Khabarhub

युक्रेनलाई दिएका सबै हतियारको विवरण सार्वजनिक नगरेको जर्मनीको खुलासा


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनलाई हतियार उपलब्ध गराएकोबारे सबै जानकारी सार्वजनिक नगरिएको जर्मनीले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार जर्मन विदेशमन्त्री अन्नालिना बारबोकले युक्रेनलाई जर्मनीले उपलब्ध गराएका सबै हतियारको विवरण सार्वजनिक नगरिएको बताएकी हुन् ।

‘हामीले ट्यांकभेदी क्षेप्यास्त्र, स्टिङ्गर र सार्वजनिक रुपमा घोषणा नगरिएका अरु सामानहरू प्रदान गरेका छौँ ।’ बाल्टिक मुलुक लात्भियाको राजधानी रिगामा लात्भियन समकक्षीसँगको भेटमा उनले भनिन् ।

यसबाहेक उनले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रणाली प्रदान गर्न र ती सामग्री सञ्चालन गर्नका लागि तालिम दिन जर्मनी तयार रहेको बताइन् ।

जर्मनीले युक्रेनलाई अत्याधुनिक प्यान्जरहउबाइत्ज २००० तोपखाना प्रणाली पनि सहयोग गर्न लागेको हो भन्ने प्रश्नमा उनले साझेदारहरूले हतियार सहयोग गरेको खण्डमा वा युक्रेनले सीधै खरिद गरेको खण्डमा जर्मनीले युक्रेनी फौजलाई अझ अत्याधुनिक हतियार प्रयोग गर्ने तालिम दिने बताइन् ।

‘हामीले हाल आपूर्ति गर्न छाडेको तोपखाना प्रणाली साझेदारहरूले युक्रेनलाई प्रदान गर्छन् भने हामी तालिम र मर्मतमा सहयोग गर्न तयार छौँ ।’ उनले भनिन् ।
 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ४ : ४८ बजे

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र