मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्याको मृत्यु « Khabarhub

मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्याको मृत्यु


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेशियाको शरणार्थी शिविरबाट भाग्ने क्रममा ६ जना रोहिङ्ग्या शरणार्थीको मृत्यु भएको छ । मलेशियाको पेनाङ राज्यमा रहेको अस्थायी शिविरमा हिंसा मच्चिएको मौका छोपी शरणार्थीहरु भागेका हुन् ।

शिविरबाट भाग्ने क्रममा व्यस्त सडकमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएका गाडीले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको कतारी टेलिभिजन च्यानल अल जजिराको अनलाइन संस्करणले जनाएको छ । मारिनेमा दुई महिला तथा दुई बालबालिका समेत रहेको जनाइएको छ ।

उक्त शिविरमा बुधबार एकाबिहानै हिंसा मच्चिएको र सोही मौका छोपी शरणार्थीहरु भाग्न सफल भएका थिए । उक्त शिविरबाट ५ सय २८ जना शरणार्थी भाग्न सफल भएको अल जजिराले जनाएको छ ।

भागेकामध्ये ८८ जनालाई स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिएको र ३ सय ६२ जनालाई पुनः पक्राउ गर्न सफल भएको मलेशियाको अध्यागमन प्रमुख खैरुल जाइमी दाउदले जानकारी दिएका हुन् । हाल शिविरबाट भाग्न सफल शरणार्थीहरुको खोजी कार्यलाई तीव्र पारिएको छ ।

मलेशियाका सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरेको तस्वीर तथा भिडियोमा महिला तथा बालबालिकासहित शरणार्थीहरु दौडिरहेको देखिन्छ । घटना भएका बेला शरणार्थी शिविरमा ६ सय ६४ जना शरणार्थी र २३ गार्डहरु तैनाथ रहेको जनाइएको ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : २० बजे

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आगामी बुधबार बस्ने

अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

ओ‌ली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं- काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ