‘एडभेन्चर शो’ को तयारीमा अनुप « Khabarhub

‘एडभेन्चर शो’ को तयारीमा अनुप


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय नेपालमा रियालिटी शोहरु निर्माण हुने क्रम बढ्दो छ । यस्ता शोमा विशेषत कलाकर्मीकै उपस्थिति देखिने गरेको छ । गायन, डान्सिङसँगै पछिल्लो समय नेपालमा एडभेन्चर शो पनि बढ्दो छ । यस्तै एउटा नयाँ शो सुरु हुने भएको छ । नयाँ एडभेन्चर शोलाई अभिनेता अनुप विक्रम शाहीले होस्ट गर्ने भएका छन् ।

उनले होस्ट गर्न लागेको शोको निर्देशक सौगातमान सिंह बस्नेत रहेका छन् । विभिन्न पर्यटन सम्बन्धी यात्रा गराउने उदेश्य रहेको शो देश तथा विदेशमा समेत प्रस्तुत गर्ने उदेश्यले अंग्रेजी र नेपाली दुबै भाषामा निर्माण हुनेछ ।

शोको पहिलो चरणमा ५ भाग निर्माण हुनेछ । यी भागमा ‘आइल्यान्ड पिक’, ‘हुम्ला’, ‘मनाङ एण्ड मुस्ताङ (बाइक राइड)’, ‘रोयल ट्रिप वीथ माउन्टेन फ्लाइट’, ‘दुर्गम क्षेत्रको लोकेसन प्रमोट’का बिषय समेटिने शोका निर्देशक सौगातमान सिंह बस्नेतले बताए ।

स्टुडियो कृयो र ब्रान्डल्याण्डसरको सहकार्यमा ट्रेकिङ टिमको प्रस्तुति रहेको शोको नाम छिट्टै एक औपचारिक कार्यक्रम मार्फत गर्ने बताइएको छ । ‘शोमा थुप्रै पिकहरु चढ्ने र अन्तिम भागमा सगरमाथासम्मको आरोहण गराउने उदेश्य हाम्रो रहेको छ’ सौगातले थपे ‘इन्टरनेशनल टुरको कल्चर शोको समेत प्लानिङ भइरहेको छ ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १ : १० बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)