युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन् « Khabarhub

युक्रेनमाथिको आक्रमण कहिले रोकिन्छ ? रुसी अधिकारी यसो भन्छन्


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी नेतृत्वको नेटो सेनाले रुसलाई धम्क्याउन युक्रेनी भूमिको प्रयोग रोके मस्कोले युक्रेनमाथिको सैन्य कारबाही रोक्ने एक वरिष्ठ रुसी अधिकारीले बताएका छन् ।

रुसी विदेश मन्त्रालयलका वरिष्ठ अधिकारी अलेक्सी पोलिसचुकले रुसी सञ्चार माध्यम तासलाई दिएको अन्तरवार्तामा उनले योजनाअनुसार नै युक्रेनमा रुसी सैनिक कारवाही अघि बढेको उल्लेख गरे ।

‘आफ्ना कार्यहरू पूरा भएपछि विशेष सैन्य कारबाही समाप्त हुनेछ । डोनबासको जनसंख्याको संरक्षण, युक्रेनको निशस्त्रीकरण र अनाजीकरण र नेटो देशहरूले कब्जा गरेको युक्रेनी भूभागबाट रुसलाई आउने खतराको अन्त्य ती कार्य हुन्’ उनले भने ।

नेटोले युक्रेनी भूभागबाट रुसलाई कसरी धम्क्याएको छ भन्ने बारेमा उनले कुनै विवरण दिएनन् ।

गत फेब्रुअरी २४ यता रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ । युद्धको सुरुआती चरणमा राजधानी किभ कब्जा गर्न नसकेपछि हाल रुसी फौजको कारवाही पूर्वी युक्रेनतर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १२ : २७ बजे

यी १० अविस्मरणीय क्षण : जसले बनायो लियोनल मेस्सीलाई महान् फुटबलर

काठमाडाैँ– दुई दशकभन्दा बढी समय अर्जेन्टिनाको जर्सी लगाएर खेलेका लियोनल

हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात, साना र ठूला सवारीलाई फरक रुट

हेटौँडा– हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि

भोटेकोशी बाढीः ९३९ जनाको शव फेला, तीन हजार ९२५ अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर