काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत २ सय ७ कम्पनीमध्ये ५ कम्पनी ‘ए’ वर्गमा वर्गीकरण भएका छन् ।
नेप्सेले जारी गरेको वर्गीकरण अनुसार ‘ए’ वर्गमा परेका सबै कम्पनीहरु वाणिज्य बैंकहरु मात्र रहेका छन् । नेप्सेको वर्गीकरण अनुसार ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एशिया, एनएमबी र सनराइज बैंक ‘ए’ वर्गमा परेका छन् ।
नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ अनुसार गत साउन १ गतेदेखि उक्त सूचीकरणको व्यवस्था कार्यान्वयमा ल्याएको थियो । संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी ए, बी, जी र जेड गरी चार वर्गमा नेप्सेले कम्पनीहरुलाई वर्गिकरण गर्न पाउने व्यवस्था नियमावलीमा मिलाइएको छ ।
विभिन्न कम्पनीको तस्रो त्रैमासिक प्रगति विवरणको अधारमा यस वर्ष नेप्सेले सार्वजनिक गरेको वर्गीकरण अुनसार ‘ए’ वर्गमा जम्मा ५ कम्पनीहरु परेका छन् । ‘बी’ वर्गमा भने कुनै पनि कम्पनी परेका छैनन् । त्यस्तै, ‘जी’ वर्गमा ३४ कम्पनी परेका छन् भने सबैभन्दा धेरै (१६८ वटा) कम्पनी ‘जेड’ वर्गमा परेका छन् ।
वर्गीकरणको सूची:
प्रतिक्रिया