‘झिँगा पनि उम्किन नसक्नेगरी’ मारिउपोललाई घेराबन्दी गर्न पुटिनको निर्देशन « Khabarhub

‘झिँगा पनि उम्किन नसक्नेगरी’ मारिउपोललाई घेराबन्दी गर्न पुटिनको निर्देशन


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सैनिकहरूलाई रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलमा आक्रमण रोक्न निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएअनुसार पुटिनले आफ्ना फौजलाई मारिउपोलमा आक्रमण नगर्न निर्देशन दिएका हुन् ।

उनले आक्रमण नगरी शहरमा घेराबन्दीलाई ‘झिँगा पनि उम्कन नसक्नेगरी’ अझ मजबुत बनाउन निर्देशन दिएको बताइएको छ ।

त्यस्तै, रुसी रक्षामन्त्री सर्गेई सोइगुले एजोभस्तल औद्योगिक क्षेत्रबाहेक मारिउपोलका सबै क्षेत्रलाई ‘मुक्त गरिसकेको’ बताएका छन् । पुटिनले यसलाई ‘सफलता’ को रुपमा चित्रित गरेको एपीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनविरुद्ध आक्रमण थालेयता रुसी सैनिक मारिउपोल शहर कब्जा गर्न प्रयासरत छन् । यसका लागि रुसले मारिउपोलमा रहेका युक्रेनी फौजलाई बारम्बार आत्मसमर्पण गर्न प्रस्ताव पनि गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले मारिउपोल शहर आत्मसमर्पण नगर्ने अडान लिँदै आएका छन् । भीषण युद्धका कारण मारिउपोल शहर भग्नावशेषमा परिणत भएको बताइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  २ : ५३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु