मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता « Khabarhub

मेलम्ची बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षाकाे चिन्ता


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीका बाढीपहिराे पीडितलाई सुख्खायाम नसकिँदै वर्षायामकाे चिन्ता लागेकाे छ । बाढी प्रभावित भएर घरबास गुमाएमा आधाभन्दा बढी नागरिकलाई जीवन गुजारा चलाउने चिन्ता सँगसँगै नजिकिँदो बर्खाले पनि पिरोल्न थालेको छ ।

मेलम्चीकी रमा धिताल भन्छिन्, ‘जग्गाको कमाइ बेचेर घर व्यवहार चलेको थियो । अहिले गुजारा गर्न धौ-धौ भएको छ । अहिले कोठा भाडामा बस्दै आएका छौँ । कमाइ गर्ने एक रोपनी खेतमा गेग्रान थुप्रिएको छ ।’ धिताल परिवारको मनमा भने कसरी गुजारा चलाउने भन्ने चिन्ता छ ।

‘आम्दानीको स्रोत पसल पनि घरसँगै बाढीमा पर्‍याे,’ चनौटेका सागर श्रेष्ठ भन्छन्,  ‘अब खाद्य संकटले सताउला भन्ने पो चिन्ता छ । बाढीले बगाएको घरको २० लाख ऋण नेपाल राष्ट्र बैंकमा तिर्न नसकेर समस्या छ ।’

बाढीले ल्याएको १७ मिटरसम्मको गेग्रान उस्तै छ । मेलम्ची नदीले पुरानै धार समाउन सकेको छैन । अब वर्षायाम सुरु हुन दुई महिना मात्र बाँकी रहँदा फेरि बाढी आए के हुने हो ? बाढी प्रभावित बाटुली श्रेष्ठको चिन्ता छ ।

खेतीयोग्य जमिन कति गुम्यो सरकारले अहिलेसम्म तथ्यांक संकलन गर्न भ्याएको छैन । पहिले घर खेत हुने ठाउँमा अहिले खोला बग्छ । बचेका बस्ती, सडक र झोलुङ्गे पुल जोगाउन स्थानीय सरकारले चासो देखाएको छैन ।

चनौटेको बेलिब्रिज बनाउने बाहेक केन्द्र सरकारले अरु काम गर्न नसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । गत १ असार र १६ साउनमा आएको बाढीले मेलम्ची, हेलम्बु र याङ्ग्री क्षेत्रका ७० प्रतिशत बढी नागरिक विस्थापित भए थिए । सरकारले सबै बिस्थापितलाई सुरक्षित स्थानमा घर जग्गा उपलब्ध गराउने र अस्थायी टहरामा बस्नेलाई पाँच लाख दिने भनिएको थियो । तर, जुन पूरा हुन सकेको छैन । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ३ : ३८ बजे

जटिल बन्दै त्रिशूली थ्री ‘ए’मा उद्धार : स्काभेटर समाचारमा मात्रै चले

काठमाडौँ- रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि माथिल्लो त्रिशूली

भोटेकोशी बाढीबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौँ– भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष