बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छ : प्रधानसेनापति शर्मा  | Khabarhub Khabarhub

बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्छ : प्रधानसेनापति शर्मा 


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले बदलिँदो राजनीतिक वातावरणले राष्ट्रिय सुरक्षामा दीर्घकालीन असर गर्ने बताएका छन् । 

सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुई दिने ‘सैनिक आचार संहिता कार्यक्रम–२०७९’ को समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । 

सम्बोधनको क्रममा प्रधानसेनापति शर्माले सैनिक मूल्य–मान्यतालाई सदैव केन्द्रमा राख्नु पर्ने धारणा व्यक्त गरेका थिए । 

बदलिंदो सामाजिक, राजनैतिक र आर्थिक वातावरणका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा सैनिक मूल्य मान्यतामा असर परिरहेको उनले जनाए । यो क्रम बढ्दै गएमा यसको दीर्घकालीन असर सङ्गठनमा मात्र सिमित नरही राष्ट्रिय सुरक्षामा समेत पर्ने हुँदा यस विषयमा स्वदेश तथा विदेशमा कार्यरत नेपाली सेनाका सकलदर्जा सजग हुनु पर्ने उनले बताए । 

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाली सेनालाई समयानुकूल व्यावसायिक, आधुनिक र अनुशासित सङ्गठनको रूपमा विकास गरी राष्ट्रिय शक्तिको मजबुत अङ्गको रूपमा स्थापित गर्दै लैजानु सबैको साझा दायित्व भएको जनाए । 

नेपाली सेनाका सकलदर्जामा उच्च स्तरको आचरण र अद्वितीय नैतिक चरित्रको विकास गर्दै सदाचारीतायुक्त कार्यसंस्कृतिको विकास गर्दै लैजानु आजको आवश्यकता रहेको समेत उनले औंल्याएका थिए । 

कतिपय अवस्थामा सैनिक सङ्गठनलाई विवादमा तान्ने गरी सङ्गठन भित्रका विषय वस्तुहरु प्रचार प्रसार हुने गरेको हुँदा त्यसतर्फ सबैले विशेष ध्यान दिई सतर्क रहन जरुरी रहेको समेत उनले बताए । 

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : १४ बजे

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका

महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरी– महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड