पाकिस्तान र श्रीलंकामा चिनियाँ लगानी जोखिममा | Khabarhub Khabarhub

पाकिस्तान र श्रीलंकामा चिनियाँ लगानी जोखिममा


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंका र पाकिस्तानमा जारी राजनीतिक एवम् आर्थिक संकटका कारण ती मुलुकहरुमा चिनियाँ लगानीमाथि नकारात्मक असर परेको देखिएको छ । विश्वभर चिनियाँ लगानीको निगरानी गर्दै आएको चाइना ग्लोबल इन्भेष्टमेन्ट ट्र्याकर सीजीआईटीका अनुसार चीनको श्रीलंकामा १५ अर्ब र पाकिस्तानमा ६६ अर्ब डलर बराबरको लगानी छ ।

चीनको महत्वकाङ्क्षी परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत चाइना पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) को काम सन् २०२५ भित्र सक्ने लक्ष्य भएपनि धेरै काम अधुरै रहेकाले त्यो सम्भव नभएको बताइएको छ ।

४६ अर्ब डलर बराबरको उक्त परियोजना स्थानीय सरकारको कमजोरी, आतंककारी आक्रमणको जोखिम, भ्रष्टाचार लगायतका कारणले अझै सम्पन्न हुन सकेको छैन ।

यही सन्दर्भमा चीनले यसमा पैसा खर्च गर्न आनाकानी गरिरहेको टाइम्स अफ इण्डियाले जनाएको छ । यसबाहेक चीनले लगानी गरेका यस्ता परियोजनालाई लगानी उठाउन समेत हम्मे हम्मे परिरहेको जनाइएको छ ।

३० करोड डलरको लागतमा निर्मित पाकिस्तानको गोदर बन्दरगाहले अझै अपेक्षा अनुरूप लाभ प्राप्त गर्न सकेको छैन भने यसबाहेक बन्दरगाहबाट हुने आम्दानी बाँडफाँडका विषयमा पनि दुई मुलुकबीच असमझदारी देखिन्छ ।

४० वर्षसम्म उक्त बन्दरगाहबाट प्राप्त हुने आम्दानीको ९१ प्रतिशत चीनले लैजाने र बाँकी ९ प्रतिशत मात्रै गोदर पोर्ट अथोरिटीको भागमा पर्ने सन् २०१७ को फेब्रुअरी महिनामा खुलासा भएको थियो ।

श्रीलंका चिनियाँ ऋणको धरापमा परेको अर्को उदाहरण हो । हालै श्रीलंका सरकारले ३५ अर्ब डलर बराबरको विदेशी ऋण तत्काल तिर्न नसक्ने संकेत गरेको थियो । श्रीलंकाली अर्थमन्त्रालयले अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्रको ७ करोड ८० लाख डलर बराबरको ब्याज तिर्न नसकिने जनाएको थियो ।

सन् २०२२ मा श्रीलंकाले ६ अर्ब डलर भन्दा धेरै विदेशी ऋण तिर्नुपर्नेछ । यसमध्ये जुलाई महिनामा मात्रै १ अर्ब डलर तिर्नुपर्नेछ ।

श्रीलंकाली विदेशी ऋणको उल्लेखनीय हिस्सा चीनले ओगट्छ । टाइम्स अफ इण्डियाका अनुसार श्रीलंकाले चीनको चाइना डेभलपमेन्ट बैंकबाट १ अर्ब, एक्जिम बैंकबाट २ अर्ब ७० करोड र २ अर्ब ३७ करोड अन्य ऋण लिएको छ ।

यस वर्षको शुरुमा श्रीलंकाले ऋणको पुनरावलोकन गर्न चीनसमक्ष आग्रह गरेको थियो । अहिले श्रीलंकाको अवस्था अझ बिग्रिदै गएको छ ।

सन् २०१७ को डिसेम्बर महिनामा श्रीलंकाले चीनको ऋण तिर्न नसकेका कारण हम्बनटोटा बन्दरगाह नै ९९ वर्षका लागि चीनको जिम्मा लगाउनु परेको थियो । त्यसबेला चीनले श्रीलंकाबाट ८ अर्ब डलर बराबरको ऋण असुल्न बाँकी थियो ।

श्रीलंकामा चीनले लगानी गरेका परियोजनाबाट पनि लगानी उठ्न हम्मे हम्मे परिरहेको छ । सीजीआईटीका अनुसार चीनले श्रीलंकाका विभिन्न ४१ परियोजनामा १५ अर्ब डलरको लगानी गरेको छ । यिमध्ये ६ अर्ब डलर श्रीलंकाको यातायात पूर्वाधारमा मात्रै लगानी गरिएको छ ।

श्रीलंकाले ऋण तिर्न नसकिरहेको अवस्थामा पाकिस्तानले पनि चिनियाँ ऋण तिर्न ढिला गर्न थालेको छ । पाकिस्तानले चिनियाँ बैंकबाट प्राप्त ऋणको ब्याजदर पनि समायोजन गर्दै आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : ३४ बजे

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित

महन्थ ठाकुरले थपे ८ जना केन्द्रीय सदस्य

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा

सिंहदरबार वैद्यखानाको अनुगमन गर्दै स्वास्थ्यमन्त्रीले भने- औषधी उत्पादनका लागि बजेट अभाव हुन दिन्नौँ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी

हिरासतमा सु्तेका ‘रविको फोटो’बारे कास्की प्रहरी भन्छ : अनुसन्धान भइरहेको छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको दाबीसहित