नेप्से ४.९४ अंकले बढ्यो « Khabarhub

नेप्से ४.९४ अंकले बढ्यो


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेयर बजार नेप्सेमा बिहीबार सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो ।

नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंक र  सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ ।

नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यस्तै, मंगलबार नेप्से १३ दशमलब ६७ अंकले बढेको थियो । झिनो सुधार आए सेयर बजारमा एक सय १२ कम्पनीका सेयरधनीले नाफा कमाएका छन भने एक सय तीन कम्पनीका सेयरधनीले गुमाए । बजारमा दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा सूचीकृत भएसँगै सकारात्मक सर्किट लागेका जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर लिमिटेडको सेयर मूल्यमा बिहीबार पनि १० प्रतिशत बढेर कारोबार भएको छ ।

सर्किट लागेको जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६४ रुपैयाँ बढेर सात सय नौ रुपैयाँ पुगेको छ भने ग्रीन भेञ्चर लिमिटेडको सेयर ३२ रुपैयाँ बढेर तीन सय आठ रुपैयाँ पुगेको छ ।  नेप्सेमा बिहीबार नेस्डो लघुवित्त, नबिल बैंक, सूर्य लाईफ इन्स्योरेन्स कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ४ : ५१ बजे

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा