अध्यक्ष तिमिल्सिना र डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसबीच भेट « Khabarhub

अध्यक्ष तिमिल्सिना र डब्ल्यूएचओ महानिर्देशक डा. टेड्रोसबीच भेट


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस अधानोम गेब्रेयससले शिष्टाचार भेटघाट गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा डा. टेड्रोस तीनदिने भ्रमणका क्रममा आज नेपाल आएका हुन् ।

डा. टेड्रोस र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनाले कोरोना महामारीको कठिन समयमा संसारभरिका मानिसको जीवन बचाउनका लागि डब्ल्यूएचओले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

डब्ल्यूएचओले स्थापनादेखि नै सम्पूर्ण विश्वको जनस्वास्थ्य चुनौतीको सामना गर्नका लागि सहयोगी साझेदार भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाललाई कोभिड–१९ नियन्त्रण तथा यसविरुद्धको खोपका लागि प्रदान गरेको सहयोगका लागि धन्यवाद दिए ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले विश्वभर कोभिडविरुद्धको खोपको समान वितरण हुनुपर्ने जोड दिँदै विशेषगरी केही अफ्रिकी तथा अल्पविकसित मुलुकमा समान वितरण नभएको भन्ने आवाज उठेकोप्रति ध्यानाकर्षण गराए ।

उनले अन्तर व्यवस्थापिका सङ्घको १४४ औँ सम्मेलनमा समेत यो विषय उठेको जानकारी गराउँदै यसमा डब्ल्यूएचओले ध्यान दिनुपर्ने बताए ।

उनले नेपालको संविधानले राज्यबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरेकाले सबै नागरिकलाई स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउन सरकार लागिपरेको समेत बताए ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले महानिर्देशक डा. टेड्रोसलाई दोस्रो कार्यकालका लागि भएको मनोनयनलाई नेपालको तर्फबाट समर्थन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोसले नेपालको संसद्को नेतृत्वकर्ताका रूपमा अध्यक्ष तिमिल्सिनालाई स्वास्थ्य क्षेत्रमा राखेको चासोबाट आफू प्रभावित भएको बताए ।

उनले आज स्वास्थ्यमन्त्री खतिवडासँग समेत भेटवार्ता गरेका थिए ।

भोलि राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  १० : १४ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने