फिलिपिन्समा फ्रिजभित्र लुकेर पहिरोबाट जोगिएका ११ वर्षे बालक « Khabarhub

फिलिपिन्समा फ्रिजभित्र लुकेर पहिरोबाट जोगिएका ११ वर्षे बालक


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिलिपिन्सका एक ११ वर्षीय बालक घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् ।

न्यू योर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती बालक आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो ।  

पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती बालकले तत्काल फ्रिजभित्र पसेका थिए । आँधीबाट बच्न उनी २० घन्टा फ्रिजभित्र बिताएका थिए ।

नदीको किनारमा रेफ्रिजरेटर देखेपछि अन्ततः उद्धार टोली त्यहाँ पुगेको थियो । टोलीले उनलाई तत्काल उद्धार गरेको थियो । 

उनीहरूले टुटेको फ्रिजलाई हिलोबाट बाहिर निकालेर बालकलाई बचाएका थिए । ‘मलाई भोक लागेको छ’ उद्धारपछि ती बालकको भनाई उद्धृत गर्दै न्यूयोर्क पोस्टले जनाएको छ ।

। उनको खुटा भाँचिएको छ । बच्चाको अवस्था स्थिर छ । बाढीका कारण उनका आमा र दुई दाजुभाइ अझै बेपत्ता छन् ।

मेगी आँधीपछि आएको अविरल वर्षापछिको बाढीका कारण लेटे प्रान्तमा दर्जनौँको मृत्यु भएको छ भने अझै केही हराइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १२ : ०० बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक