असफलता रोकिने जोनको आश  « Khabarhub

असफलता रोकिने जोनको आश 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साउथ इन्डियन फिल्मको क्रेज बढिरहेकोले केही समय यता बलिउडलाई नै असर परिरहेको छ । पुष्पा, आरआरआर, केजीएफ : च्याप्टर २ ले बक्स अफिसमा एकपछि अर्को रेकर्ड बनाउँदा बलिउडका अधिकांश फिल्म असफल छन् । पछिल्लो समय बलिउडमा रिलिज भएको ‘द कश्मीर फाइल्स’ बाहेक अन्य फिल्मले बक्स अफिसमा आफूलाई टिकाउन सकेका छैनन् । 

यसकै असरमा रहेका छन् पछिल्लो समय अभिनेता जोन अब्राहम । केही समय यता जोन अभिनीत फिल्म बक्सअफिसमा लगातार असफल छन् । मुम्बई साँगा , सत्यमेव जयते २, अट्याक लगायतका फिल्मले उनलाई सफलता दिलाउन सकेको छैन । यसैले गर्दा जोन नयाँ फिल्म ‘एक भिलेन २’ प्रति आशावादी छन् । सन् २०१४ मा बनेको फिल्म ‘एक भिलेन’ को दोस्रो सिरिज हुनेछ जोनको यो फिल्म । 

पहिलो सिरिजमा सिद्धार्थ मलहोत्रा , श्रद्धा कपूर र रितेश देशमुख कास्ट थिए । यी तिनैको कामसँगै फिल्मलाई दर्शकले रुचाएका थिए । गीत संगीतले दर्शकलाई हलसम्म आकर्षित गरेको थियो भने दर्शक फिल्ममा कन्भिन्स थिए ।

यसको दोस्रो सिरिजलाई मोहित सुरीले नै निर्देशन गर्नेछन् । ‘एक भिलेन २’ नाम राखिएको फिल्ममा जोन अब्राहम र आदित्य रोय कपूरको अभिनय रहनेछ । यसलाई भुषण कुमार र एकता कपूरले संयुक्त रुपमा निर्माण गर्नेछन् । हिट फिल्मको सिरिज भएकाले जोनले असफलतालाई यसले रोक्ने विश्वास गरेका छन् । यद्यपि दर्शकले भने एक भिलनेको सिक्वेलमा नयाँ कलाकारहरुलाई रुचाउँछन् वा रुचाउदैनन् ? यो भने आउँदा दिनले नै बताउनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  २ : १८ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका