एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि « Khabarhub

एमाले बर्दिबासमा उम्मेदवार सिफारिस भएका नामप्रति असन्तुष्टि


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– एमाले बर्दिबास नगर कमिटीले सिफारिस गरेका नामहरूप्रति नगर प्रमुखका दाबेदारहरूले असन्तुष्टि जनाएका छन् ।

नगर प्रमुखका प्रमुख दाबेदार गुन्ज खड्काले नगर कमिटीबाट सिफारिस भएका नाम पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाअनुसार नभएको बताए ।

‘उम्मेदवारहरूको मूल्यांकन तल्लोस्तरको कार्यकर्तालाई जिम्मा दिनुपर्ने हो तर यहाँ त नगर कमिटीले आफूखुसी निर्णय गर्‍यो, खड्काले भने । सर्वसम्मतिबाट टुंगिएको वडाध्यक्ष उम्मेदवारको नामलाई पुन: नगर प्रमुखमा समेत सिफारिस गरेर पार्टीभित्रको आन्तरिक अलोकतान्त्रिक प्रक्रियालाई बढावा दिएको उनको भनाइ छ । नेता खड्का आफै पनि एमाले बर्दिबास नगरपालिकाका बलिया उम्मेदवार हुन् । 

नगरभित्र टेकबहादुर बलाम्पाकी, फाल्गुन सुस्लिङ मगर, चन्द्रलाल क्यापछाकी, केदारबहादुर बस्नेत, कुमार भण्डारी, शारदादेवी थापा, शरद पोखरेललगायतले नगर प्रमुखका लागि दाबी गरेका छन् ।

‘यदि पाटीले मूल्यांकन गर्ने हो भने गुन्ज खड्कालाई मूल्यांकन गर्नुपर्छ अनि पार्टी मात्र हैन नगर नै समृद्ध बन्छ,’ बर्दिबास-३ का उमेश खड्का भन्छन् । तीन दशकदेखि राजनीतिमा सक्रिय खड्काले एमालेको सांगठनिक निर्माणमा निक्कै ठूलो भूमिका खेलेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : १२ बजे

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका