कार्म भन्छन्, ‘मलाई कलाकारिता गर्नु छ’ « Khabarhub

कार्म भन्छन्, ‘मलाई कलाकारिता गर्नु छ’


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता कार्मलाई आधिकांश समय मिडियाले कर्मा लेखिदिए ।

उनले पनि केही बोलेनन् भने मिडियाले पनि त्यही लेखिरहे ।तर, उनले राखेको नाम हो कार्म । पछिल्लो समय आयोजित एक पत्रकार सम्मेलनमा उनले आफ्नो नाम र त्यसको अर्थलाई प्रस्ट्याए ।’मलाई कार्म भन्नुस् किनकी कर्मा उच्चारण सही होइन र कार्म भने स्टार हो’ उनले भने । 

‘सानो संसार’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेदेखि नै नायक कार्मलाई मिडिया र दर्शकले कर्मा भनेर बोलाएको सम्झिदै उनले वैशाख २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘षट्कोण’ को पत्रकार सम्मेलनमा आफ्नो नाम बारे बोलेका हुन्। ‘थियटरबाट फिल्ममा आएकाले गर्दा होला मलाई शो अप गर्नु पर्छ भन्ने लाग्दैन । कार्म भनेको स्टार भए ता पनि म यहाँ स्टार बन्न आएकै होइन । मलाई कलाकारिता गर्नु छ’ कार्मले भने । 

कुराकानी क्रममा उनले आफूलाई‘ षट्कोण’ जस्तो फिल्म गर्दा सन्तुष्टि मिल्ने बताए । ‘अब लभ स्टोरीमा पनि नयाँ कथा खोज्न आवश्यक छ । होइन भने, सधैँ एउटा शैलीको लभ स्टोरी फिल्ममा काम गरेर अब अर्थ छैन’ कार्मले भने ।फिल्ममा खोज पत्रकारिता गर्नुपर्ने भूमिका भएकाले आफूले केही पत्रकारहरुसँग भेटेको पनि उनको भनाई थियो । साइकोलोजिक थ्रिलर फिल्ममा कार्म एक मर्डर मिस्ट्रीको खोजीमा लागेको पत्रकारको भूमिकामा देखिएका छन् ।

मिलन डि काप्रीको निर्देशनमा तयार भएको फिल्म ‘षट्कोण’ मा कार्मसँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । यसमा आङ्छेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रीले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ३ : ०० बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट