‘नाइँ नभन्नु ल ६’ मा आँचल « Khabarhub

‘नाइँ नभन्नु ल ६’ मा आँचल


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’ को छैटौँ श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचल बाहेकका अन्य कलाकार भने छनौट नभएको निर्देशक आचार्यले बताए। ‘मौखिक सहमति भइसकेको छ । हाम्रो टाइममा आँचलले सहमति जनाएकी छिन’ निर्देशक आचार्यले भने । यही सिरिजको चौथो शृंखला मार्फत डेब्यु गरेकी आँचलले ‘वर एण्ड वधु’ को छायांकन सकाएपछि  यसमा काम गर्नेछिन् ।

यस्तै, ‘नाइँ नभन्नु ल’ को दोस्रो सिरिजबाट काम गर्दै आइरहेका अनुभव रेग्मी यो सिरिजमा नहुने भएका छन् । अनुभव यो फिल्ममा गेस्ट आर्टिस्टको रुपमा मात्र जोडिने सम्भावना छ । फिल्ममा सलोन बस्नेत पनि हुने भनिएको छ । यद्यपि यस विषयमा निर्देशक आचार्यले स्क्रिप्टको काम सकिएपछि मात्र जानकारी दिने बताए ।

हामी सम्पूर्ण कलाकारहरुको लाइन-अप स्क्रिप्टको काम सकिएपछि मात्र गर्छौँ’ निर्देशक आचार्यले भने । भदौको दोस्रो साताबाट सुरु गरिने ‘नाइँ नभन्नु ल ६’ मा निर्देशक आचार्यले आफ्नो कथलाई समिप्याराज तिमल्सेनासँग मिलेर पटकथाको स्वरूप दिइरहेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ५० बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा