‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध « Khabarhub

‘युवाहरूलाई बिगारेको’ भन्दै तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकमा भिडियो सेयरिङ एप टिकटक पब्जी भिडियो गेममाथि प्रतिबन्ध लगाएको छ ।

बीबीसीले जनाएअनुसार अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता इनामुल्लाह समानगानीले ‘युवाहरुलाई बिगारेको’ भन्दै टिकटकपब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन् ।

यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ । यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरुमाथि पनि प्रतिबन्ध लगाएको थियो ।

यद्यपि यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही खुलाइएको छैन ।गत वर्षको अगष्ट महिनामा सत्ता हत्याएयता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।

पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटीमाझ पब्जीटिकटक अत्यन्त लोकप्रिय बन्दै गएको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : १४ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम