चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी | Khabarhub Khabarhub

चितवनमा नेपाल फर्मा एक्स्पो सुरु, औषधिको बृहत् प्रदर्शनी


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– औषधि तथा औषधिजन्य सामग्रीहरूको बृहत् प्रदर्शनी नेपाल फर्मा एक्स्पो शुक्रबार चितवनमा सुरु भएको छ।

औषधि उत्पादक संघ (एपोन) को आयोजना भएको एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले औषधि उत्पादनमा नेपालले ठूलो फड्को मारेको भन्दै धेरै किसिमका औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने बताइन् ।

उनले अर्थतन्त्रसँग औषधि उत्पादन क्षेत्र जोडिएको भन्दै यसले राष्ट्रिय अर्थतन्त्रमै ठूलो सहयोग पुर्‍याउने पनि बताइन् ।

नेपाल औषधि उत्पादन संघका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा अहिले एक सयभन्दा बढी औषधि उद्याेग संचालित रहेको जानकारी दिएका छन् ।

उनले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने पनि बताए । कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएकोसमेत उनले जनाए ।

एपोनका पूर्वअध्यक्ष दिपकप्रसाद दाहालले नेपाल औषधिमा आत्मनिर्भर हुन चाहेको धारणा राखे । उनले औषधिमा आत्मनिर्भरताका लागि धेरै लबिङ गरेको भएपनि सफल हुन नसकेको गुनासो गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औषधि उत्पादनमा जोड दिनुपर्ने भन्दै औषधि व्यवस्थापन विभागले सहजताका लागि काम गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय क्षेत्रमा ठूलो घाटा ब्यहोरेको बताए ।

कार्यक्रममा सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए ।

एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरूले भ्रमण गर्ने दाबी गरिएको छ ।

उनले एक्स्पोले नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन अझ प्रविधि मैत्री र दक्षता प्रदान गर्ने बताए ।

बरालले औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने विश्वास लिएकोसमेत बताए ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४९ बजे

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित