भू उपग्रह तस्वीरबाट मारिउपोलमा सामूहिक चिहानको पहिचान « Khabarhub

भू उपग्रह तस्वीरबाट मारिउपोलमा सामूहिक चिहानको पहिचान


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा सामूहिक चिहानको पहिचान भएको छ । भू उपग्रहमार्फत् लिइएको तस्वीरहरूबाट मारिउपोलमा २ सयभन्दा धेरै चिहान फेला परेको हो ।

भू उपग्रहमार्फत् तस्वीर खिच्दै आएको अमेरिकी कम्पनी मक्सारले मारिउपोलमा सामूहिक चिहानको पहिचान गरेको बीबीसीले जनाएको छ ।

मारिउपोल शहरबाट २० किलोमिटरको दूरीमा रहेको मानहुस गाउँमा फेला परेको जनाइएको छ । चिहानका ८५ मिटर लामा चार पङ्क्तिको पहिचान गरिएको बीबीसीले जनाएको हो ।

मक्सारका अनुसार मार्च महिनाको अन्त्यबाट चिहान क्षेत्रको विस्तार भएको देखिएको छ । स्थानीय युक्रेनी अधिकारीहरुले रुसी फौजले सर्वसाधारणको हत्या गरी चिहानमा गाड्ने गरेको आरोप लगाउँदै आएका छन् ।

यसअघि मारिउपोल शहरको नगर परिषदले विज्ञप्ति जारी गर्दै शहरमा रुसी फौजले मानिसहरुको हत्या गरी गाड्ने गरेको आरोप लगाएको थियो ।

शहरका मेयर भादिम बोइचेन्कोका अनुसार शहरमा दशौँ हजार सर्वसाधारणको मारिएका छन् । यसबारे रुसी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ५५ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा