लमजुङमा नगदसहित सात जुवाडे पक्राउ | Khabarhub Khabarhub

लमजुङमा नगदसहित सात जुवाडे पक्राउ


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङ सदरमुकाम बेँसीशहरबाट १ लाख ७ हजार ७ सय ४० रुपैयाँ नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।

बेँसीसहर नगरपालिका ८ नारायणस्थानमा डेरामा बसेका ब्यक्तिहरू हार जितको लागि बाजी राखी जुवा र तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । 

लमजुङ प्रहरीका अनुसार उनीहरुको साथबाट ३ बुक तास पनि बरामद भएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय लमजुङबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए  ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ५३ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ