रेडपाण्डाको छालासहित दुई जना पक्राउ « Khabarhub

रेडपाण्डाको छालासहित दुई जना पक्राउ


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको एक होटलबाट रेडपाण्डाको छाला जस्तो देखिने वस्तुसहित २ जना जना पक्राउ परेका छन् ।

काठमाडौँ महानगरपालिका-१ महेन्द्रशालिकस्थित होटल मिर्चीबाट उनीहरूलाई १ थान छालासहित बिहीबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा दोलखा मेलुङ गाउँपालिका-४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका-२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ रहेका छन् ।

रेडपाण्डाको छाला बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ११ : ३२ बजे

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको

फलाखु खोलामा फड्के र भोटेकोशीमा तुइन बन्यो

रसुवा – रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

हरितालिका : पशुपति क्षेत्रमा बिहानैदेखि व्रतालुको लाम

काठमाडौँ – यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने